कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

युक्रेनमा भएको विमान दुर्घटनामा कम्तीमा पाँचको मृत्यु

एएफपी

किभ — युक्रेनमा ८ यात्रुसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणका क्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

युक्रेनमा भएको विमान दुर्घटनामा कम्तीमा पाँचको मृत्यु

द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेढ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनास्थलबाट तीन जनालई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको छ ।


युक्रेनी आपतकालीन सेवा सम्बद्ध अधिकारीले चालक दलका सदस्यहरूमध्ये तीन जनाको मृत्यु भएको र दुईको अवस्था अज्ञात रहेको बताएका छन् ।


“घटनामा पाँच जनाको मृत्यु भएको छ भने तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ,” युक्रेनी पूर्वाधार मन्त्री भ्लादिस्लाभ क्रिक्लीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।


उक्त विमान किभस्थित यूक्रेनी कम्पनी यूक्रेन एअर अलाएन्सद्वारा सञ्चालन गरिँदै आएको र स्पेनको भिगो विमानस्थलबाट युक्रेनका लागि उडेको थियो । प्रारम्भीक भनाइहरूमा विमान इन्धन खाली भएपछि दुर्घटना भएको उल्लेख छ ।


युक्रेनी आपतकालीन सेवा विभागले विमानको एउटा पखेटा जमिनमा धसिएको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

प्रकाशित : आश्विन १७, २०७६ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?