१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विद्रोही हुथीको कैदी छाड्ने संकेत

एजेन्सी

साना — यमनमा द्वन्द्वरत विद्रोही हुथी समूहले शान्तिका लागि देखाएको संकेतसँगै संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्स यमन भ्रमण गरेका छन् । उनी मंगलबार सानामा पुगेका थिए । साना र रियादलाई विश्वासमा लिएर यमनी शान्तिवार्तालाई स्कटहोम सहमतिअनुरूप अघि बढाउन तत्काल उनले पहल थाल्ने बताइएको छ ।

इरानको समर्थन प्राप्त यमनी हुथी समूहले संयुक्त राष्ट्रसंघको रोहबरमा ३ सय ५० कैदी रिहाइ उक्त समूहको अल मसिरा टेलिभिजनले सोमबार सार्वजनिक गरेको थियो । तर, अन्य सञ्चारमाध्यममा आएको समाचारअनुसार उनीहरूले २ सय ९० कैदीको आदानप्रदानका लागि हुथीले आफ्नोतर्फबाट पहल थालेको जानकारी गराएको छ ।


यमनको विद्रोही हुथी समूह र सरकारले स्टकहोममा गत वर्षको डिसेम्बरमा भएको वार्तामा सात हजार युद्धबन्दीको आदानप्रदान गर्ने सहमति भएको थियो ।


‘स्वतन्त्र भएका कैदीहरूको रिहाइ कैदीहरू आदानप्रदानका लागि स्कटहोममा राष्ट्रसंघको नेतृत्वमा यमनी सरकार र विद्रोहीका प्रतिनिधिबीच भएको सहमतिअनुसार भएको छ,’ हुथी विद्रोही समूहका कैदी मामिला हेर्ने समितिका प्रमुख अब्दुलकादेर अल–मुर्तादाले मसिरा टीभीसँगको साक्षात्कारमा भने, ‘हामीले अर्को पक्षसँग सोही कदम चाल्न आग्रह गर्दछौं । तर, सहमतिपछि दुवै समूहले सम्झौतालाई कार्यान्वयन गर्न सकेका थिएनन् । सम्झौताअनुरूप विद्रोहीको प्रभाव क्षेत्र होडैडा बन्दरगाह सहरबाट सेनालाई हटाउने विषयमा विवाद बल्झिँदा गृहयुद्धको बृहत् राजनीतिक समाधानका लागि पहिलो चरणमा गरिने भनिएको युद्धबन्दीको आदानप्रदानका लागि भएको सहमति पालनामा समस्या भएको थियो ।


कदम यमनको युद्ध अन्त्यका लागि गरिएको सहमति पालनाको पहिलो कार्य हो । यमनमा साउदी अरब नेतृत्वको सैनिक गठबन्धनले इरानको समर्थन प्राप्त हुथी विद्रोहीविरुद्ध यमनी सरकारलाई सघाउँदै आएको छ । यमनमा विगत चार वर्षदेखि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले विश्व समुदायबाट समर्थन प्राप्त यमनी राष्ट्रपति अब्द–रब्ब मन्सुर हाडीको सरकारलाई सहयोग गर्दै आएको छ ।

प्रकाशित : आश्विन १७, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?