कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रहरी मुख्यालयभित्रै चारको हत्या

फ्रान्समा प्रहरीमाथि आक्रमणको श्रंखला बढेपछि सुरक्षाकर्मी हड्तालमा गएको भोलिपल्ट चक्कुले तीन पुरुष र एक महिलाको हत्या भएको हो ।
एजेन्सी

पेरिस — फ्रान्सको पेरिसस्थित प्रहरी मुख्यालयमा एक जना आक्रमणकारीले चार कर्मचारीको चक्कु प्रहार गरी हत्या गरेका छन् । फ्रान्सेली सञ्चारमाध्यमहरुका अनुसार आक्रमणकारीको नाम उल्लेख गरिएको छैन तर तिनी पूर्व कर्मचारी हुन् । 

प्रहरी मुख्यालयभित्रै चारको हत्या

प्रहरीले ती आक्रमणकारीलाई नियन्त्रणमा लिन गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ । यसबारे आधिकारिक प्रतिक्रिया नआए पनि पेरिसको केन्द्रमै रहेको ‘डेले डे ला साइट’ क्षेत्रलाई सिलबन्दी गरिएको छ ।


प्रहरी अधिकारीहरुमाथि आक्रमण बढेको भन्दै फ्रान्सभरिका सुरक्षाकर्मी हड्तालमा गएको भोलिपल्ट यो आक्रमण भएको बीबीसीले जनाएको छ । यो आक्रमण प्रहरी मुख्यालयको परिसरमा स्थानीय समयअनुसार १ बजे भएको हो ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंन, प्रधानमन्त्री एडोर्ड फिलिप र आन्तरिक मन्त्री क्रिस्टोफ कास्टानेर लगायतका उच्च स्तरीय प्रतिनिधिहरु घटनास्थलमा पुगेका छन् । पेरिसका मेयर ऐनी हिडाल्गोले ट्वीटरमार्फ आक्रमणको पुष्टि गर्दै ‘धेरै’ मानिस मारिएको उल्लेख गरेका छन् ।


उनले लेखेका छन्, ‘घटना नोट्रे–डेम क्याथेड्रमसहित प्रमुख पर्यटक स्थलहरु नजिकै भएको छ ।’ फ्रान्सेली प्रचारक बीएफएमटीभीका अनुसार चक्कु प्रहारबाट तीन पुरुष र एक महिलाको मृत्यु भएको छ ।

प्रकाशित : आश्विन १६, २०७६ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?