कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दुई हजार सुरक्षाकर्मी कैद गरेको हुथी विद्रोहीको दाबी

एएफपी

काठमाडौँ — इरान सरकारको समर्थन रहेका हुथी विद्रोहीहरुले करिब २ सय सरकार समर्थक लडाकूलाई मारेको र अन्य २ हजार जनालाई कैदमा राखिएको आइतबार दाबी गरेका छन् । 

दुई हजार सुरक्षाकर्मी कैद गरेको हुथी विद्रोहीको दाबी

साउदी अरेबियाको दक्षिण भागमा पर्ने नाजरान नजिकै रहेको स्थानमा हुथी विद्राहीहरुले आक्रमण गरेका जनाइएको छ । साउदी अरेबियाका अधिकारीहरू हुथीको विरुद्ध सैन्य गठबन्धनको नेतृत्वमा कारबाही गर्ने र पक्राउ गर्ने गरेका विद्रोहीहरुले दाबी गरेका थिए ।


दर्जनौ क्षेप्यास्त्र र ड्रोन आक्रमणमा २ सय भन्दा बढी सरकार समर्थक लडाकूहरु मारिएका हुथी विद्रोहीका प्रवक्ता याह्या सरीले बताए । यसैगरी २ हजार भन्दा बढी लडाकूलाई कैद गरिएको पनि उनले बताएका छन् । कैदमा रहेकाहरुमा प्रायः यमनी नै रहेका उनको दाबी रहेको छ ।


अगस्त २५ बाट भएका उक्त आक्रमणहरु भीषण भएको उनले बताएका छन् । तर यस आक्रमणको पुष्टि किन करिब एक महिना पछाडी गरियो भन्ने विषयमा भने केही भनिएको छैन । हुथी विद्रोहीले शनिबार गरेको यस दाबीको साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले भने कुनै टिप्पणी गरेको छैन ।


अगस्तको अन्त्यमा यमनको एक सरकारी स्रोतले २ सय भन्दा बढी सरकार समर्थक लडाकू मारिएका एएफपी समाचार समितिलाई जानकारी दिएको थियो । तर आक्रमणमा लगभग १३ सय लडाकूहरू पक्राउ परेका र यसमध्ये २८० घाइते पनि रहेका जनाइएको थियो ।


हुथी विद्रोहीहरुले हालैका हप्ताहरूमा थुप्रै ठूला घोषणाहरू गरेका छन् जसमा लामो समयदेखि चलिरहेको युद्धको अन्त्यका लागि साउदी अरेबियालाई ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र हमला रोक्न प्रस्ताव गरिएको छ ।

गत सेप्टेम्बर १५ मा साउदी तेल प्रशोधन केन्द्रमा भएको भीषण आक्रमणको विद्रोहीहरूले जिम्मेवारी पनि लिएका छन् ।


सन् २०१५ को मार्चमा हुथीहरूले देशको धेरैजसो भागमा कब्जा गरेका थिए । जसमा राजधानी साना पनि रहेको थियो ।


यमनमा सुरु भएको यस गृहयुद्धको क्रममा यमनका राष्ट्रपति अबेद्रबो मन्सूर हादी पनि साउदी अरेबियाको शरण लिन पुगेका थिए । यो द्वन्द्वले लाखौंलाई विस्थापित गरेको छ र दुई तिहाइ भन्दा बढी जनसंख्यालाई सहयोगको खाँचो परेको छ ।

प्रकाशित : आश्विन १३, २०७६ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?