१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

युरोपको एयरबसमाथि साइबर आक्रमण

एएफपी

पेरिस — युरोपको ठूलो हवाई कम्पनी एयरबसमाथि ह्याकरले शृंखलाबद्ध साइबर आक्रमण गरेको छ । कम्पनीका अनुसार आक्रमणकारीले मुख्यत: एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका छन् ।

युरोपको एयरबसमाथि साइबर आक्रमण

एयरबसका सुरक्षाविज्ञले आक्रमणकारी चिनियाँ नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । ह्याकिङबारे अनुसन्धान गरिरहेका दुई सुरक्षाविज्ञले एयरबसमाथि १२ महिनाको अवधिमा चार पटक आक्रमणको प्रयास भएको बताएका छन् ।


एयरबसको सुरक्षा प्रबन्ध निकै शक्तिशाली र अद्यावधिक रहेका कारण ह्याकर कम्पनीको मुख्य प्रणालीमा प्रवेश गर्न नसकेको एयरबसले जनाएको छ ।


एयरबसले आम मानिसका लागि विमान निर्माण गर्नुका साथै सैनिक प्रयोजनका सामग्री पनि बनाउने गर्छ । ह्याकरले पछिल्लो समय बेलायती इन्जिन निर्माता रोल्स-रोयस र फ्रान्सेली प्रविधि कन्सल्टेन्सी एक्स्प्लेओमाथि साइबर आक्रमण गर्ने प्रयत्न पनि गरेका थिए ।


यसअघि एयरबसका निम्ति कार्य गर्ने दुइटा फ्रान्सेली कम्पनीमाथि पनि साइबर आक्रमण भएको थियो । हवाई सुरक्षासँग सम्बन्धित बुस्टएरोस्पेस कम्पनीका विशेषज्ञ रोमाइन बोटानले साइबर आक्रमणकारीले एयरबसको कम्प्युटर प्रणालीको कमजोर हिस्सा पहिचान गरी मुख्य प्रणालीमा प्रवेश गर्न चाहेको बताए ।


‘ठूला कम्पनीको सुरक्षा प्रबन्ध निकै राम्रो हुन्छ, र त्यसलाई सहजै तोड्न सकिन्न,’ उनले भने, ‘ठूला कम्पनीकै साना साना हिस्साभित्र आक्रमणकारी छिर्ने प्रयत्न गरिरहेका हुन्छन् ।’

प्रकाशित : आश्विन ११, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?