कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बेइजिङमा नेपालको राष्ट्रिय दिवस   

लक्ष्मी लम्साल

बेइजिङ — संविधान जारी भएको चौथो वार्षिकोत्सवको उपलक्ष्यमा बेइजिङस्थित नेपाली राजदूतावासले बुधबार राष्ट्रिय दिवस समारोहको आयोजना गरेको छ।

बेइजिङमा नेपालको राष्ट्रिय दिवस   

कार्यक्रममा चिनियाँ उपविदेश मन्त्री ल्वो चाउ हुइका साथै विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधिहरू र अध्ययन तथा कामको सिलसिला बेइजिङमा रहेका नेपालीहरूले भाग लिएका थिए। चिनियाँ उपविदेश मन्त्री ल्वोले राजदूत लीलामणि पौड्यालसँगै ‘चेयर्स’ गरेपछि राष्ट्रिय दिवस साँझ सुरू भएको थियो।

समारोहलाई संवोधन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चीनले ७० वर्षमा गरेको आर्थिक चमत्कारको प्रशंसा गरे। उनले भने, ‘चीनले गरिबी निवारण तथा आर्थिक विकासमा ठूलो प्रगति गरेको छ। चिनियाँ विकासको मोडल सिकेर नेपाल पनि लाभान्वित हुनेछ।’


चीन नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्ने असल छिमेकी मुलुक भएको बताउँदै राजदूत पौड्यालले नेपाल-चीन मित्रताले भविष्यमा अझै उन्नतिको बाटो लिने विश्वास प्रकट गरे।

कार्यक्रममा अध्ययनका सिलसिलामा बेइजिङमा रहेका नेपाली विद्यार्थीहरूले नेपाली सँस्कृति झल्किने गीतमा नृत्य प्रस्तुत गरे।

२०७२ असोज ३ गते संविधान सभाले नयाँ संविधान जारी गरेको यस दिनलाई राष्ट्रिय दिवस अर्थात् संविधान दिवसका रूपमा मनाउने गरिन्छ। यसपटक भने नेपाल सरकारले तीन दिनसम्म घरघरमा दिपावली सहित भव्यताका साथ संविधान दिवस मनाउन उर्दी नै जारी गरेको छ।

प्रकाशित : आश्विन २, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?