भारतमा विद्युत चुरोट प्रतिबन्धित
नयाँ दिल्ली — भारतको केन्द्रीय सरकारले देशभरी विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
अर्थमन्त्री निर्मला सीतारमणका अनुसार नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखि प्रतिबन्ध लगाइएको हो ।
विद्युतीय चुरोट प्रयोग गरेको पहिलो पटक भेटिएकालाई एक प्रकारको र एक पटक कारबाही भइसकेर फेरी पनि प्रयोग गरेको भेटिएमा कडा कारबाहीको व्यवस्था गरिएको अधिकारीहरु बताएका छन् ।
प्रकाशित : आश्विन १, २०७६ २१:०२