कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दक्षिण कोरियामा पनि ‘स्वाइन फ्लू’ देखियो

रासस/एएफपी

सियोल — दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा पुष्टि गरेका छन् । सुँगुरबाट सर्ने यो रोगका कारण चीनदेखि उत्तर कोरियासम्म कैयौँ सुँगुर मारिएका छन् । अफ्रिकाबाट सुरु भएको यस प्रकोपका कारण ती देशका पनि कैयौँ सुँगुर काटिएका थिए जसका कारण हाल विश्वभर सुँगुरको मासुको मूल्य बढेको छ । 

दक्षिण कोरियामा पनि ‘स्वाइन फ्लू’ देखियो

सङ्क्रमणका कारण ज्वरो आउने यस स्वाइन फ्लू नामक प्रकोप देखा परेको दक्षिण कोरिया पछिल्लो देश हो । दुई कोरियाको सीमा क्षेत्रमा रहेको एक नगर पाजुको एक सुँगुर फार्ममा पाँच ओटा सुँगुर मरेको अवस्थामा भेटिएका थिए ।


मरेका ती सुँगुर भेटिएपछि गरिएको अनुसन्धानका क्रममा ती सुँगुरमा नै फ्लू भएको पाइएको दक्षिण कोरियाली कृषि मन्त्रालयका कर्मचारीलाई उद्धृत गर्दै दिइएको समाचारमा जनाइएको छ । दक्षिण कोरियाको कृषि मन्त्रालयका अधिकारीले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुसार फार्ममा मरेका सुंगुरमा स्वाइन फ्लू प्रमाणित भइसकेको छ, अरु अनुसन्धान जारी छ ।


ती अधिकारीले उत्तर कोरियाको सिमानाबाट उक्त फ्लू दक्षिणमा देखिएको हुनसक्ने अनुमानलाई अहिले नै स्वीकार गर्न भने नसकिने बताए । उनले भने– अहिले नै यो फ्लू उत्तर कोरियाबाट यता सर्‍यो भनेर भन्न सकिने अवस्था छैन, किनभने यसबारेमा अनुसन्धान भइरहेकाले उक्त सम्भावनालाई पुष्टि गर्नु चाँडै हुनेछ ।


दक्षिण कोरियाका कृषि मन्त्री किम हायन सुले उक्त फार्ममा ३ हजार ९५० ओटा सुंगुर रहेकोले उनीहरुलाई विशेष निगरानीमा राखिने जानकारी दिए । उनले त्यस फार्ममा स्वाइन फ्लूको प्रकोप देखिएको प्रमाणित भएकोले देशभरि अन्यत्रतिर पनि यसको सतर्कता अपनाइने जानकारी दिएका समाचारमा छ ।


देशैभरि घरपालुवा जनावरहरुमा विशेष निगरानी राखिएको र सुंगुरको कतै पनि ओसारपसारमा पूर्णत रोक लगाइएको पनि उनले बताए । दक्षिण कोरियामा स्वाइन फ्लूको प्रकोप पहिलो पटक देखिएको भए पनि यहाँ विभिन्न समयमा जनावर तथा चराचुरुङ्गीमा भने रोग देखा परेको थियो ।


सन् २०१४ मा चरामा लाग्ने एभियन इन्फ्लुएन्जा देखिएकोले यहाँका लाखौँ लाख कुखुरा प्रभावित भएका समाचारमा जनाइएको थियो ।

प्रकाशित : भाद्र ३१, २०७६ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?