अफगानिस्तानमा ४१ लडाकुद्वारा आत्मसमर्पण

एजेन्सी

काबुल — अफगानिस्तानको लडाकु समूह तालिवानका ४१ सदस्यले शनिबार आत्मसमर्पण गरेका छन् । अफगान गृह मन्त्रलायका अनुसार देशको उत्तरी प्रान्त तखारमा लडाकुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

अफगानिस्तानमा ४१ लडाकुद्वारा आत्मसमर्पण

‘स्थानीय नेता र जिल्लाका प्रहरीको पहलमा तखार प्रान्तको वार्साज जिल्लामा लडाकुहरुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका हुन्,’ मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।


लडाकुले आफूहरुसँग रहेका हातहतियार पनि सुरक्षा अधिकारीलाई बुझाएका जारी वक्तव्यमा जनाइएको छ । आत्मसर्मपण गरेका तालिवान लडाकु छिमेकी प्रान्त बादख्सानको कुरान वा मुन्जान जिल्लामा पनि सक्रिय रहेका थिए ।


अफगानिस्तान सरकारले सन् २०१० देखि नै तालिवान लडाकुका लागि शान्ति तथा पुनर्स्थापना प्रक्रिया सुरु गरेको थियो । अधिकारीका अनुसार हालसम्म १० हजारभन्दा बढी तालिवान लडाकु शान्ति तथा पुनर्स्थापना प्रक्रियामा सहभागी भइसकेका छन् ।


सेप्टेम्बर सुरुमा करिब कुनार प्रान्तका १ सय ५० तालिवान लडाकु तथा इस्लामिक स्टेट (आईएस) लडाकुले पनि आत्मसमर्पण गरेका थिए ।

प्रकाशित : भाद्र २८, २०७६ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?