२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अस्पतालमा आगलागी हुँदा १० को मृत्यु

रासस/एएफपी

रियो दि जेनेरियो — ब्राजिलको रियो दि जेनेरियोमा रहेको एउटा अस्पतालमा भएको आगलागीमा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । अग्नि नियन्त्रक अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार राति आगलागी भएपछि अन्य विरामीलाई अन्यत्र सारिएको छ ।

“आगलागीको घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ,” रियो दि जेनेरियो अग्नि विभागद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।


वक्तव्य अनुसार आगलागी भएको अस्पतालका विरामीहरूलाई उत्तरी सहरमा रहेको बादिम अस्पतालमा लगिएको छ । अस्पतालको पुरानो भवनमा रहेको जेनेरेटरमा आएको समस्याका कारण आगलागी भएको प्रारम्भिक विवरण आएको छ ।


आगालागीबाट पीडित हुनेमा अस्पतालमा रहेका विरामी र कामदार रहेका छन् । घाइते भएका मध्ये ९० जनालाई विभिन्न अस्पतालहरूमा पठाइएको छ ।


प्रकाशित : भाद्र २७, २०७६ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?