अस्पतालमा आगलागी हुँदा १० को मृत्यु

रासस/एएफपी

रियो दि जेनेरियो — ब्राजिलको रियो दि जेनेरियोमा रहेको एउटा अस्पतालमा भएको आगलागीमा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । अग्नि नियन्त्रक अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार राति आगलागी भएपछि अन्य विरामीलाई अन्यत्र सारिएको छ ।

“आगलागीको घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ,” रियो दि जेनेरियो अग्नि विभागद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्य अनुसार आगलागी भएको अस्पतालका विरामीहरूलाई उत्तरी सहरमा रहेको बादिम अस्पतालमा लगिएको छ । अस्पतालको पुरानो भवनमा रहेको जेनेरेटरमा आएको समस्याका कारण आगलागी भएको प्रारम्भिक विवरण आएको छ ।

आगालागीबाट पीडित हुनेमा अस्पतालमा रहेका विरामी र कामदार रहेका छन् । घाइते भएका मध्ये ९० जनालाई विभिन्न अस्पतालहरूमा पठाइएको छ ।

प्रकाशित : भाद्र २७, २०७६ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्

इन्द्र दहमा दिपावली [५ तस्बिर]

कान्तिपुर संवाददाता

(भक्तपुर) — भक्तपुरको इन्द्र दह (सिद्धपोखरी) मा दिपावलीसहित मेला लागेको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेंबाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गरी इन्द्र दहमा पुर्‍याएपछि मेला सुरु भएको हो । इन्द्र जात्रा दिन शुक्रबार बिहानैदेखि पूजाआजा गरिन्छ । 

भाद्र शुक्ल चतुर्थीको साँझ दिपावली गरी मध्यरातिसम्म मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट स्नान गरी इन्द्रको पूजा गर्ने दर्शनार्थीको घुइँचो लाग्दछ । पूर्णिमाको दिन मेला लाग्ने र साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी यात्रा गर्दै द्यों छेमा भित्र्याएपछि मेला सम्पन्न हुने परम्परा छ ।

नेपाल सम्बत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताए । कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवर्द्धन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा इन्द्र दहमा मेला लाग्ने उनी बताउँछन् ।

राजतन्त्रको पराजय र जनताको विजयीको रुपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठले बताए








तस्बिर : अंगद ढकाल, कान्तिपुर

प्रकाशित : भाद्र २७, २०७६ २०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्