१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इराकमा खसाल्यो ४० टन बम

एजेन्सीहरू

बगदाद — अमेरिकी युद्धक विमानहरूले इस्लामिक स्टेट समूह (आईएस) को गढ मानिएको इराकी द्वीपमा ३६ हजार किलोग्राम (४० टन) बम खसालेको छ ।

इराकमा खसाल्यो ४० टन बम

अमेरिकी नेतृत्वको गठबन्धनले टिग्रिसको क्युनस द्वीपमा लेजर–निर्देशित ‘एफ–१५’ र एफ ३५ युद्धक विमान प्रयोग गरी बम खसालेको विदेशी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।


राजधानी बगदादबाट उत्तरमा पर्ने सलाहेद्दिनको मध्य प्रान्तस्थित उक्त द्वीप सन् २०१७ मा आईएसले आफ्नो कब्जामा लिएको थियो । त्यसयता इराकी सुरक्षा बल र अमेरिकी सेनाले उक्त क्षेत्र आफ्नो नियन्त्रणमा लिन प्रयासरत रहँदै आएको थियो ।


मोसुलबाट ५० माइल दक्षिणमा पर्ने क्युनस द्वीप सिरियाबाट ‘आईएस’ लडाकुहरूका लागि ‘ट्रान्जिट हब’ का रूपमा रहँदै आएको अमेरिकी सेनाले जनाएको छ । गठबन्धन सेनाका प्रवक्ता कर्नेल माइलेस बी क्यागिसले बमबारीबारे ट्वीट गर्दै लेखेका छन्, ‘अमेरिकी वायु सेनाका एफ–१५ र एफ–३५ जेट विमानहरूले आईएस अखडा लक्षित गरी ३६ हजार किलोको बमहरू खसालिएको छ ।’


इराकी विशेष सुरक्षा बलको बटालियनलाई सिरियाबाट आउने लडाकुहरूबाट उक्त क्षेत्रमुक्त गर्न त्यता परिचालन गरिएको छ । इराकको मोसुल, मखामउ र किरकुट क्षेत्रमा सिरियाबाट आईएसका लडाकुहरू आउने गर्छन् ।


सेनाले सामाजिक सञ्जालहरूमार्फत् सार्वजनिक गरेको भिडियोहरूमा बमबारी गरिएको क्षेत्रमा आगो र धुवाँका मुस्ला देखिन्छन् । ‘हामीले उक्त क्षेत्रको स्थायित्वका लागि विशेष संयुक्त टास्क फोर्सलाई सहयोग गरेका हौं,’ सैन्य गठबन्धनका मेजर जनरल इरिक टी हिलले भने ।

प्रकाशित : भाद्र २६, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?