२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

यौन सम्पर्क गर्दा कर्मचारीको ज्यान गएपछि कम्पनीले नै क्षर्तिपूर्ति दिनुपर्ने फैसला

एजेन्सी

काठमाडौँ — रोजगारदाता आफ्नो कर्मचारीको सुरक्षामा कतिसम्म संवेदनशील हुनुपर्छ ? फ्रान्सको एक अदालतले बुधबार गरेको एक फैसलाले यतिखेर धेरैको मनमा यो प्रश्न उब्ज्याइदिएको छ । व्यवसायिक भ्रमणमा गएका आफ्ना एक कर्मचारी होटलमा यौन सम्पर्क गर्दागर्दै मृत्यु भएपछि त्यसको जिम्मेवारी कम्पनीले लिनुपर्ने भन्दै अदालतले उनका परिवारलाई कम्पनीले नै क्षतिपूर्ति तिर्नु पर्ने फैसला गरेको छ । 

यौन सम्पर्क गर्दा कर्मचारीको ज्यान गएपछि कम्पनीले नै क्षर्तिपूर्ति दिनुपर्ने फैसला

पेरिसस्थित अदालतले ती व्यक्तीको मृत्यु व्यवसायिक काममा जाँदा भएकाले कम्पनीले दायित्व वहन गर्नुपर्ने फैसला गरेको हो ।


सन् २०१३ मा भएको उक्त घटना अदालतमा पुगेपछि कम्पनीले यसमा आफ्नो जिम्मेवारी हुन नसक्ने दाबी गर्दै आएको थियो । ती कर्मचारीलाई यौन सम्पर्कका लागि नभई व्यसायिक कामका लागि पठाएको हुनाले क्षतिपूर्ति तिर्नुपर्ने प्रश्नै उठ्न नसक्ने कम्पनीको दाबी थियो ।


तर, अदालतले भने कुनै पनि कर्मचारी व्यवसायिक प्रयोजनका लागि बाहिर जाँदा दुर्घटनामा परे त्यसको जिम्मेवारी कम्पनीको हुने फ्रान्सेली कानून भएकाले उक्त घटनामा पनि त्यो लागू हुने फैसला गरेको छ ।


जेभियर एक्स नामक गरेका ती व्यक्ति पेरिसस्थित टीएसओ नामक एक रेलवे सर्भिस कम्पनीमा इन्जिनियर थिए । उनी मध्य फ्रान्सको एक सहरमा कम्पनीको कामले गएका बेला होटलमा एक युवतीसँगको समागमका क्रममा हृदयघातको शिकार हुन पुग्दा उनको ज्यानै गएको थियो ।


बिमा कम्पनीले ती इन्जिनियरको मृत्यु कामको शिलशिलामा भएकाले कम्पनीले नै क्षतिपूर्ति तिर्न पर्ने जिकिर गरेपछि मुद्दा अदालतमा पुगेको थियो । आफूले नअह्राएको काममा कुनै हालतमा पनि जिम्मेवारी लिन नसकिने दाबी कम्पतीको थियो जसलाई अदालतले अस्वीकार गरिदिएको छ ।


यौन मानिसका लागि ‘नुहाउने र खाना खाने जस्तै सामान्य’ भएकाले यसमा रोजगारदाता अन्यथा भनेर फुत्किन नपाउने विमा कम्पनीको दलिल थियो जसलाई अदालतले ठिक हो भन्दै रोजगारदाताले नै क्षतिपूर्ति तिर्नु पर्ने फैसला मुद्दा परेको ६ वर्षपछि सुनाएको हो ।

प्रकाशित : भाद्र २५, २०७६ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?