३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अफगान शान्ति वार्ता रद्द, तालिवानले भन्यो- 'अमेरिकी निर्णय अपरिपक्व'

(एजेन्सी)

काबुल — अफगानिस्तानमा क्रियाशिल तालिबान लडाकु समूहले शान्ति वार्ता रद्द गर्ने अमेरिकी निर्णय अपरिपक्व रहेको जनाएको छ । तालिवानका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा ‘वार्ता रद्दको निर्णयले सबैभन्दा बढी अमेरिकीहरू नै प्रभावित हुने’ चेतावनी समेत दिइएको छ ।

अफगान शान्ति वार्ता रद्द, तालिवानले भन्यो- 'अमेरिकी निर्णय अपरिपक्व'

अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध अन्त्यका लागि भएका प्रयासस्वरूप अमेरिका र तालिवानबीच ९ चरणसम्मको वार्ता भइसकेको छ । तालिवानद्वारा जारी विज्ञप्तिमा वार्ताको अन्तिम समयसम्म राम्रो भइरहे पनि अमेरिका गैरजिम्मेवार बनेको आरोप समेत लगाइएको छ ।


वार्ता रद्द गर्ने ट्रम्पको निर्णयपछि दोहोस्थित तालिवानको राजनीतिक कार्यालयमा बसेको तालिवानको ‘जरुरी आन्तरिक बैठक’ ले उक्त निर्णय गरेको जनाइएको छ । यसअघि अफगान राष्ट्रपति कार्यालयले देशमा वास्ताविक शान्ति स्थापनका लागि तालिवान र सरकारबीच वार्ता हुनुपर्ने जनाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याम्प डेविडमा अफगान राष्ट्रपति असरफ घानी तथा वरिष्ठ तालिवान नेताबीच तय गरिएको बैठक रद्द गरेको घोषणा आइतबार गरेका थिए ।


अफगानिस्तानको राजधानी काबुलमा गरिएको पछिल्लो कारबम आक्रमणमा एक अमेरिकी सैनिकको ज्यान गएपछि राष्ट्रपति ट्रम्फ त्रुद्ध बनेका हुन् । आक्रमणको जिम्मा तालिवान समूहले लिएको थियो ।

ट्रम्पले एक अनपेक्षित कदम चाल्दै मेरील्याण्ड रिट्रीटमा तालिवान शीर्षस्थ नेता र घानीसहितको बैठक आयोजना गर्न लागेका थिए । अफगान सरकारलाई अमेरिकाको कठपुतली बताउने तालिवान समूहका नेतालाई वार्तामा बोलाइएको उक्त योजनाबारे विस्तृत विवरण सार्वजनिक गरिएको थिएन ।


सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा गरेको अतिक्रमणपछि तालिवान सरकार सत्ताच्युत भएको थियो । २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको रक्षा मन्त्रालय तथा ट्वीन टावरमा गरिएको आक्रमणको योजनाकार अल–कायदा समूहलाई तालिवान सरकारले आ श्रय दिएको भन्दै अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने अमेरिकी भूमिमा तालिवान समूहसँग वार्ता आयोजना गर्ने निर्णयको बचाउ गरेका छन् । फक्स न्यूजसँगको कुराकानीका पोम्पियोले अफगानिस्तानमा शान्ति स्थापना गरी अमेरिकी सेना फिर्ता गर्ने निर्णय अमेरिकी सरकारको प्राथमिकता भएको बताएका छन् ।


अमेरिकी वार्ताकार जाल्मे खलिलजादले गतसाता तालिवानसँग शान्ति सम्झौता टुंगोमा पुगको गतसाता घोषणा गरेका थिए । सम्झौता अनुसार अमेरिकाले २० साताभित्र ५ हजार ४ सय सैनिक अफगानिस्तानबाट फिर्ता लैजाने बताइएको थियो । राष्ट्रपति ट्रम्प पनि पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने पक्षमा छन् ।

सेना फिर्ताको बदलामा तालिवानले अमेरिका र उसका साझेदारविरुद्ध आक्रमण गर्नेहरूका लागि अफगानिस्तानलाई अखडा बन्न नदिने सुनिश्चित गरेको जनाइएको थियो ।


तालिवानले अफगानिस्तामा सन् १९९६ देखि २००१ सम्मको शासन गरेको थियो । उक्त अवधिमा तालिवानले महिलाहरूमाथि निर्मम व्यवहार गर्नुका साथै धर्मसम्बन्धी कानून कडा पारेको थियो । हाल अफगानिस्ताको करिब ७० प्रतिशत भू–भागमा तालिवान समूह क्रियाशिल छ ।

सन् २००१ को अमेरिकी हस्तक्षेपछि अफगानिस्तानमा गठबन्धन राष्ट्रका करिब ३ हजार ५ सय सुरक्षाकर्मीको ज्यान गइसकेको छ । त्यसमध्ये २ हजार ३ सय भन्दा बढी अमेरिकी छन् । सर्वसाधारण, लडाकु र सरकारी फौजको मृत्युको भने एकिन तथ्यांक छैन् ।


सन् २०१९ को फेब्रुअरीमा सार्वजनिक एक प्रतिवेदन अनुसार युद्धका कारण ३२ हजार सर्वसाधारणले ज्यान गुमाईसकेका छन् । ब्राउन विश्वविद्यालयस्थित वाट्सन इन्स्टिच्यूटका अुनसार ५८ हजार सुरक्षाकर्मी तथा ४२ विद्रोही युद्धका क्रममा मारिएका छन् ।

प्रकाशित : भाद्र २३, २०७६ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?