जापानकी पूर्वमहारानीको स्तन क्यान्सरको शल्यक्रिया

(एएफपी)

टोकियो — जापानका पूर्व महारानी मिचिकोलाई पहिलो स्टेजको स्तन क्यान्सर भएको देखिएपछि उनको शल्यक्रिया गरिएको छ । आइतबार ८४ वर्षीया महारानीको टोकियो अस्पतालमा बायाँ स्तनको शल्यक्रिया गरिएको हो । मिचिकोका पति अकिहितोले गत अप्रिलमा औपचारिक रुपमा राज्यसत्ता त्याग गरेका थिए । 

जापानकी पूर्वमहारानीको स्तन क्यान्सरको शल्यक्रिया

शल्यक्रिया गर्नका लागि उनी शनिबार अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गर्नुअघि पूर्वराजा अकिहितो र उनकी छोरी सायाको कुरोदाले मिचिकोलाई अस्पतालमै भेटेका थिए ।


छोरी सायाकोले एक सर्वसाधारणसँग विवाह गरेपछि उनको राजकुमारीको पदवी खोसिएको थियो ।


जापानका पूर्वराजा अकिहितो र पूर्वरानी मिचिकोले विश्वमा परम्परागत राजतन्त्रलाई नाटकीय रुपमा आधुनिकीकरण गरेको मानिन्छ ।


प्रकाशित : भाद्र २२, २०७६ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?