२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

भालेविरुद्ध मुद्दा हाल्ने नै कारबाहीमा

ददि सापकोटा

पेरिस — एकाबिहानै भाले बासेका कारण छिमेकीहरूलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छन् । 

भालेविरुद्ध मुद्दा हाल्ने नै कारबाहीमा

फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन् । त्यसका साथै उनले भाले हटाउनसमेत अदालतमा माग गरेकी थिइन् ।


मुद्दाको सुनुवाइ गर्दै अदालतले उनको मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको थियो । तर भाले धनी बुसे क्षेत्रीय अदालत रोसफोर्ड कोर्टमा पुनरावलोकनका लागि मुद्दा दायर गरेकी थिइन् ।


दुवैतर्फको बयान, प्रहरीको अनुसन्धान, मारिनी ले कपियनका मेयरले भालेका पक्षमा दिएको समर्थन र जीवजन्तुको अधिकारका पक्षमा आएका दस्तावेजहरूको अध्ययनपछि अदालतले बिहीबार उजुरीकर्तालाई नै एक हजार युरो जरिवाना गरेको हो ।

त्यसका साथै अदालतले भाले बिहानै बास्न पाउने फैसलासमेत गरेको छ । आदालतले अनाहकमा बुसेलाई अदालत जानु

परेकोले क्षतिपूर्तिबापत् उजुरीकर्तालाई नै एक हजार युरो तिर्न आदेश दिएको हो ।


अदालतको फैसलापछि बुसेले प्रतिक्रिया दिइन्, ‘अब मेरो भाले बास्न पाउने भयो । फैसलाले हाँस, कुखुरा, चरा, भ्यागुतालगायत प्राकृतिक जीवजन्तुको अधिकारको सुरक्षा भएको छ र प्रकृतिविरुद्ध लाग्नेलाई पाठ सिकाएको छ ।’


भाले बासेर ‘डिस्टर्भ’ गरेको भन्दै अदालतमा मुद्दा दायर भएपछि प्रकृति संरक्षणका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूले हस्ताक्षर अभियान सुरु गरेका थिए । अभियानको पहिलो सातामा नै एक लाखभन्दा बढीले समर्थन जनाएका थिए ।

प्रकाशित : भाद्र २१, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?