कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कारबम विस्फोटमा कम्तीमा १२ को मृत्यु

सिन्ह्वा

काबुल — अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार बिहान १०:१० बजे सो दुर्घटना भएको जनाइएको छ  । यस दुर्घटनामा परी अन्य कैयौ व्यक्ति घाइते भएका छन् ।   

कारबम विस्फोटमा कम्तीमा १२ को मृत्यु

उक्त विस्फोट प्रहरी चौकी नजिकै भएको थियो । विस्फोट भएको सो स्थानमा राष्ट्रिय सुरक्षा निर्देशनालयको कार्यालय अमेरिकी दूतावास र नेटोको नेतृत्वमा रहेका सेनाहरु रहेका थिए ।


अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिंगटनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अवस्थामा अफगानिस्तानको राजधानीमा पुनःभीषण विस्फोट घटनाहरु भइरहेको छ ।


सोमबार राति काबुलमा भएको आत्मघाती हमलामा परी २ नेपाली सुरक्षा गार्डसहित १६ जनाको मृत्यु

काबुलको आवासीय क्षेत्रमा गत सोमबार भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन् । यस विस्फोटमा परी अन्य ११७ व्यक्ति घाइते भएका थिए ।


सोमबार बम विस्फोट भएको यस समयमा अमेरिकी विशेष दूत जाल्मे खलीलजाद अफगानिस्तानको राजधानी काबुलमा प्रस्तावित सम्झौताको बारेमा छलफल गर्न आएका थिए ।


बिहीबार भएको कारबम विस्फोट केही दिनयता तालिबान लडाकूले गरेको यो चौथो ठूलो आक्रमण हो । सप्ताहन्तमा अफगानिस्तानको उत्तर भागमा पर्ने दुई प्रमुख शहरमा भएका भीषण आक्रमणमा दर्जनौं सुरक्षाबल र नागरिकलाई मारिनुको साथै घाइते भएका छन् ।


यो पनि पढ्नुहोस्:

अमेरिकाले ५४ सय सेना फिर्ता गर्ने

प्रकाशित : भाद्र १९, २०७६ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?