भारतको एक पटाका कारखानामा विस्फोट हुँदा २२ को मृत्यु

सिन्ह्वा

नयाँ दिल्ली — भारतको पञ्जाब प्रान्तमा रहेको एउटा पटका कारखानामा बुधबार भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ  । विस्फोटको बेला कारखानामै  रहेका अन्य २०  जना  घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । 

पञ्जाबको गुर्दासपुर अन्तर्गत पर्ने बाटला क्षेत्रमा उक्त घटना भएको थियो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयंसेवक, स्थानीय बासिन्दा लगायतले आगो निभाएका थिए ।

भारत सरकारले यस घटनामा मारिएका प्रति व्यक्तिलाई २ लाख भारु क्षतिपूर्ति स्वरुप दिने भएको छ । सो घटनामा घाइते भएका व्यक्तिहरुलाई ५० हजार भारु क्षतिपूर्ति दिइने समाचारमा जनाइएको छ ।

सोही कारखानामा गत वर्ष पनि विस्फोट भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित : भाद्र १९, २०७६ १६:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने दाहालको भनाइ

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले दलित समुदायले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । 

सातै प्रदेशका प्रदेशसभा सदस्यसहित राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सम्मिलित समता फाउण्डेशनद्वारा बिहीबार यहाँ आयोजित ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले उक्त धारणा राखेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले नेपालको हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान रहेको चर्चा गर्दै “हामीले गरेको सङ्घर्षमा दलितहरूले सबैभन्दा बढी योगदान दिएका थिए, आन्दोलन नै उत्प्रेरित गर्ने खालको थियो” भने । उनले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमार्फत अधिकारका लागि एकीकृत सङ्घर्षको थालनी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका एवम् पूर्व प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले सरकारले उपेक्षित, उत्पिडित दलित वर्ग विकास समिति खारेज गर्नु जनविरोधी र दलितहित विपरीत हुने भन्दै गम्भीर आपत्ति जनाए । उनले भने,“सामाजिक रूपान्तरणका सिलसिलामा जति काम गरियो धेरै गरे जस्तो लाग्छ तर विभेद्का घटना हेर्दा अझै गर्न बाँकी धेरै रहेछन्, अर्कातिर ती अधिकार र सुविधाहरु बढ्दै जानुपर्नेमा संविधानले दिएका अधिकार पनि खोसिएको देख्दा अत्यन्तै दुःख लागेको छ ।” संविधानमा उल्लेख गरिएको दलित समुदायको हक र त्यो धाराले सुनिश्चित गरेको दलितका अधिकार सरकारले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

अर्का पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले दलितमुक्ति आन्दोलन मानवमुक्ति आन्दोलन भएको दाबी गरे । उनले सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि पारिएको दलित समुदायको अधिकारका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउ । सम्मेलन शुक्रबारसम्म चल्ने छ ।

प्रकाशित : भाद्र १९, २०७६ १६:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT