युद्ध पाकिस्तानको बाध्यता : गफुर

एजेन्सी

इस्लामाबाद — पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले कश्मीरका लागि नचाहँदा चाहँदै पनि युद्ध गर्नुपर्ने आफूहरूको बाध्यता हुने बुधबार बताएका छन् । उनले भने, ‘कश्मीरका लागि हामी अन्तिम गोली, अन्तिम सुरक्षाकर्मी, अन्तिम सास रहेसम्म लड्ने छौं, यसको छनोट अब भारत र बाँकी मुलुकहरूले गर्नुपर्छ ।’ 

युद्ध पाकिस्तानको बाध्यता : गफुर

उनले कश्मिरीहरूको तेस्रो पिँढीको डीएनएमा स्वतन्त्रता अनिवार्य रूपमा रहेको बताएको बीबीसीले जनाएको छ । ‘कश्मिरीहरूलाई जति दबाइन्छ, त्यति नै विद्रोह तीव्र हुने छ, जुन दिन कश्मीरमा कर्फ्यु हट्ने छ, मानवअधिकार उल्लंघनका कारण पूरै विश्वको ध्यान कश्मीरले तान्ने छ,’ गफुरले भने । कश्मीर मुद्दामा कुराकानी गर्न पाकिस्तानी सेना प्रवक्ता गफुरले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त धारणाहरू राखेको बीबीसीले जनाएको छ ।


‘पाकिस्तानको भौगोलिक स्थितिको विश्व र क्षेत्रीय मुलुकहरूले बेवास्ता गर्न सक्तैन,’ उनले पत्रकार सम्मेलनमा भने, ‘कश्मिरीलाई हामी सन्देश दिन चाहन्छौं कि हामी तपाईँहरूको साथमा उभिएका छौं । तपाईँहरूको वर्तमान कठिनाइबारे हामी अवगत छौं । तपाईंलाई तपाईंकै अधिकार प्राप्त गराइछाड्ने छौं ।’

प्रकाशित : भाद्र १९, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?