कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जोन्सन पराजित

एजेन्सी

लन्डन, बेलायत — बेलायतमा ब्रेक्जिट मुद्दामाथि राजनीतिक उतारचढाव जारी छ । प्रधानमन्त्री बोरिस जोन्सन मंगलबारको मतदानमा पराजित भएका छन् । आफ्नै पार्टीका विद्रोही सांसदले विपक्षीसँग मिलेर उनलाई पराजित गरेको हो ।

जोन्सन पराजित

ब्रेक्जिट मुद्दाबारे गरिएको एक प्रस्तावमाथि मतदान हुँदा उनले ३०२ सांसदको समर्थन मात्रै प्राप्त गर्न सक्ने छ । उनको विपक्षमा ३२८ सांसदले मतदान गरेका थिए ।


बोरिस जोनसनले भने, ‘सम्झौता भए/नभएपनि अगामी ३१ अक्टोबरसम्म बेलायत युरोपेली संघबाट अलग हुनेछ ।’ उनले समयसीमा बडाउने आफूलाई बाध्य पारिए मुलुक आम चुनावमा जाने चेतावनी समेत दिएका छन् । यसअघि ब्रेक्जिट प्रस्तावमा धेरै पटक पराजयको सामना गरेपछि पूर्व प्रधानमन्त्री टेरीसा मेले गत मेमा राजीनामा दिएकी थिइन । त्यसपछि बोरिस प्रधानमन्त्री बनेका हुन ।

बेलायती संसदमा देखिएको पछिल्लो विवाद ३१ अक्टोबरमा युरोपेली संघबाट मुलुक अलग हुने विषयमा रहेको छ । प्रधानमन्त्रीकै दलका विद्रोही सांसद र विपक्षीहरूले जसरीपनि यो प्रस्ताव असफल बनाउने मानसिकतामा देखिन्छन् । उनीहरू ब्रेक्जिटका लागि निर्धारित समय सीमा बढाउने अभियानमा छन् ।


जोनसनले युरोपेली संघसंय समयसीमा बढाउनेबारे अहिलेसम्म कुनै प्रस्ताव नगरेको बीबीसीले जनाएको छ । तर उनले शिघ्र चुनाव गराउने कुरो चाही भनिसकेका छन् । किनभने प्रस्ताव पारित गर्न उनलाई दुई तिहाई सांसदको आवश्यकता छ । तर यसका लागि सांसदहरू तत्कालै तयार देखिएका छैनन् ।


अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार यदि यस्तै अवस्था रहेमा बेलायत सिधै कस्टम युनियन र एकल बजारबाट बाहिरिने छ । यसबाट मुलुकको अर्थव्यवस्थामाथि नकारात्मक प्रभाव पर्ने टिप्पणी राजनीतिकर्मी र व्यावसायीहरूले गर्दै आएका छन् ।

प्रकाशित : भाद्र १९, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?