कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्युजिल्यान्ड बस दुर्घटनामा ६ जना चिनियाँ पर्यटकको मृत्यु

सिन्ह्वा

वेलिङटन — न्युजिल्यान्डको रोटोर्वा नजिकै चिनियाँ पर्यटक चढेको एक बस दुर्घटनामा पर्दा ६ जना चिनियाँ नागरिकको मृत्यु भएको छ ।न्युजिल्यान्डस्थित चिनियाँ दूतावासका अधिकारीहरुले उक्त दुर्घटनामा परी ६ जना चिनियाँ नागरिकको ज्यान गएको जानकारी दिएका छन् ।

न्युजिल्यान्ड बस दुर्घटनामा ६ जना चिनियाँ पर्यटकको मृत्यु

सो दुर्घटना भएको समयमा २० भन्दा बढी व्यक्ति बसमा सवार रहेको न्युजिल्यान्ड प्रहरीले जानकारी दिएको छ । चिनियाँ पर्यटक चढेको उक्त बस चीनको सिचुआन प्रान्तको पर्यटक समूहसँग आबद्ध भएको चिनियाँ दूतावासले जनाएको छ ।


चिनियाँ राजदूत वु सिले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र उनीहरुका आफन्तप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइते चिनियाँ पर्यटकलाई सहयोग गर्न दूतावासका कर्मचारी निर्देशन दिएका छन् ।


चिनियाँ दूतावासले न्युजिल्यान्ड सरकारलाई घाइतेहरुलाई बचाउन प्रभावकारी कदम चाल्न, दुर्घटनाको कारण छिटो भन्दा छिटो पत्ता लगाउन आग्रहसमेत गरेको छ ।

प्रकाशित : भाद्र १८, २०७६ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?