१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

क्यालिफोर्नियामा डुङ्गामा आगलागी हुँदा २५ को मृत्यु

रासस/सिन्ह्वा

लस एन्जेलस — दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ व्यक्ति बेपत्ता भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा ५ जनालाई जीवितै उद्धार गरिएको छ । 

क्यालिफोर्नियामा डुङ्गामा आगलागी हुँदा २५ को मृत्यु

क्यालिफोर्नियाको तटीय क्षेत्रमा सोमबार मध्यरात दुर्घटना भएको हो ।


बेपत्ता व्यक्तिहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३:१५ बजे दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन् । डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताए ।


प्रकाशित : भाद्र १७, २०७६ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?