कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बंगलादेशका मन्त्रीको कारमा बम आक्रमण

सिन्ह्वा

ढाका — बंगलादेशको राजधानी ढाकामा मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण भएको छ । शनिबार राति भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन् ।

बंगलादेशका मन्त्रीको कारमा बम आक्रमण

आक्रमणमाको संलग्न थियो भन्ने बारेमा अहिलेसम्म कुनै पहिचान हुन नसकेको प्रहरीको भनाई छ । अमेरिकामा कार्यालय रहेको अनुगमनकर्ताहरुको संस्था एसआईटीईले आइतबार ट्वीटरमा लेखेको छ, “इस्लामिक स्टेट (आईए)ले ढाकामा भएको बम आक्रमण आफूहरुको तर्फबाट गराइएको दाबी गरेको छ ।”


स्थानीय सरकार तथा ग्रामीण विकास मन्त्री ताजुल इस्लामलाई एउटा कार्यक्रममा सहभागी हुन गइरहेका बेला आक्रमण भएको हो । उनलाई ६ जना सुरक्षाकर्मीले सुरक्षा दिँदै लगेका थिए ।


मन्त्री इस्लाम बंगलादेशको सीमा सुरक्षा बलको कार्यक्रममा सहभागी हुन जान लागेको बेला उक्त घटना भएको डिएमपी कार्यालयले जनाएको छ । स्थानीय समय अनुसार शनिबार राति ९.२० बजेतिर विस्फोटन भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

प्रकाशित : भाद्र १५, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?