२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

अमेरिकाको टेक्ससमा फेरि गोली हानेर ५ जनाको हत्या

बीबीसी

काठमाडौँ — अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा कम्तीमा ५ जना मारिएका छन् भने कैयौँ घाइते भएको प्रहरीले बताएको छ।

अमेरिकाको टेक्ससमा फेरि गोली हानेर ५ जनाको हत्या

एक बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली प्रहार गरेको बीबीसीले लेखेको छ। टेक्ससका पश्चिमी नगरहरू ओडिसा तथा मिडल्यान्डमा उक्त घटना भएका हुन् । प्रहरीका अनुसार एकजना संदिग्ध पुरुषलाई गोली हानेर मारिएको छ ।

ओडेसा नगर प्रहरीका अनुसार सबभन्दा पहिले ती संदिग्ध पुरुषले उनको गाडी रोक्ने ट्राफिक प्रहरीलाई गोली हानेका थिए। करिब ३० वर्ष हाराहारीका ठानिएका ती बन्दुकधारीले त्यसपछि हुलाक सेवाको एउटा ट्रक खोसेका थिए । फेरि नजिकैको मिडल्याण्ड नगर आवतजावत गर्दै लगातार गोली प्रहार गरेका थिए ।

उनलाई प्रहरीले एउटा सिनेमा घर नजिकै गोली हानेर मारिदिएको छ। प्रहरी प्रवक्ताले बताए अनुसार कम्तीमा १६ जना घाइते भएका छन् । घाइतेमध्ये केही प्रहरी पनि छन् ।

ओडेसाको अस्पतालले दुई वर्षभन्दा कम उमेरको एक शिशु पनि घाइते अवस्थामा ल्याइएको छ। त्यहाँ भर्ना गरएिकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

प्रकाशित : भाद्र १५, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?