२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

१७ तालिबान लडाकू मारिए

सिन्ह्वा

कुन्दुज, अफगानिस्तान — अफगानिस्तानमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणपछि सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमो दुई सुरक्षाकर्मी अधिकारीका सदस्यसहित १५ जनाको मृत्यु भएको छ । 

मृत्यु भएका अन्य १५ जना तालिबान लडाकूहरु रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरनजिकै आक्रमणको घटना भएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।


स्थानीय समयानुसार राति १ बजेतिर भिडन्त सुरु भएको थियो । तालिबान विद्रोहीहरुले आक्रमण गरेपछि भिडन्त सुरु भएको जनाइएको छ । सरकारी प्रवक्ता इस्मातुल्लाह मुरादीले सिन्ह्वालाई दिएको जानकारी अनुसार लडाकूहरुले राईफल, मेसिनगनलगायतका हतियारले आक्रमण गरेका थिए । उनीहरुले तीन ठाउँतिरबाट आक्रमण गरेको उनले बताए ।


आक्रमणकारी लडाकूहरुलाई पराजित गर्न सरकारी सुरक्षाकर्मीहरु सफल भएको प्रवक्ता मुरादीले बताए । आक्रमणका कारण त्रसित भएपछि विहानमा सडक खाली भएका छन् भने पसलहरु बन्द भएका छन् ।


राजधानी काबुलदेखि २५० किलोमिटर टाढा रहेको घटनास्थलमा यो समाचार तयार पार्दासम्म भिडन्त भइरहेको अधिकारीहरुले जनाएका छन् । घटनामा परी २० जना स्थानीय बासिन्दा र जिल्ला प्रहरी प्रमुख घाइते भएको प्रान्तीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

प्रकाशित : भाद्र १४, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?