१७ तालिबान लडाकू मारिए

सिन्ह्वा

कुन्दुज, अफगानिस्तान — अफगानिस्तानमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणपछि सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमो दुई सुरक्षाकर्मी अधिकारीका सदस्यसहित १५ जनाको मृत्यु भएको छ । 


मृत्यु भएका अन्य १५ जना तालिबान लडाकूहरु रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरनजिकै आक्रमणको घटना भएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।


स्थानीय समयानुसार राति १ बजेतिर भिडन्त सुरु भएको थियो । तालिबान विद्रोहीहरुले आक्रमण गरेपछि भिडन्त सुरु भएको जनाइएको छ । सरकारी प्रवक्ता इस्मातुल्लाह मुरादीले सिन्ह्वालाई दिएको जानकारी अनुसार लडाकूहरुले राईफल, मेसिनगनलगायतका हतियारले आक्रमण गरेका थिए । उनीहरुले तीन ठाउँतिरबाट आक्रमण गरेको उनले बताए ।


आक्रमणकारी लडाकूहरुलाई पराजित गर्न सरकारी सुरक्षाकर्मीहरु सफल भएको प्रवक्ता मुरादीले बताए । आक्रमणका कारण त्रसित भएपछि विहानमा सडक खाली भएका छन् भने पसलहरु बन्द भएका छन् ।


राजधानी काबुलदेखि २५० किलोमिटर टाढा रहेको घटनास्थलमा यो समाचार तयार पार्दासम्म भिडन्त भइरहेको अधिकारीहरुले जनाएका छन् । घटनामा परी २० जना स्थानीय बासिन्दा र जिल्ला प्रहरी प्रमुख घाइते भएको प्रान्तीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

प्रकाशित : भाद्र १४, २०७६ १६:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गाई–गोरु बाटोमै फालेको घटना गृहले छानबिन गर्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालगञ्जबाट ल्याएका गाई–गोरु बाटोमै फालेको घटनाबारे गृह मन्त्रालयले छानबिन थालेको छ । मन्त्रालयबाट उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाइएको छ ।

समितिलाई १५ दिनभित्र घटनाबारे अध्ययन गरी संलग्नहरुलाई कानूनी कारबाहीको सिफारिस गर्न भनिएको छ । मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै गौहत्यामा संलग्नलाई कानून बमोजिम हैदसम्म कारबाही गरिने बताएको छ ।

नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखको श्रीनाथ लैजान भन्दै पठाइएका १८ गाई र ६ गोरु सुर्खेतको वीरेन्द्रनगर ११ स्थित ब्यूरेनी खोलामा मृत भेटिएका थिए । १४४ गाई, गाेरु र बाच्छा–बाच्छी त्यही छाडिएका थिए । गाई गोरु छाड्ने ५ ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : भाद्र १४, २०७६ १६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×