३७ लडाकु मारिए 

(एएफपी)

अफगानिस्तान — अफगानिस्तानको पाक्टिकामा अफगान सुरक्षा बलले तालिवान लडाकु समूहविरुद्ध मंगलबार राति गरेको सुरक्षा कारबाहीमा ३७ लडाकु मारिएका छन् । तालिवानको रेड युनिटको समूहले मंगलबार राति सुरक्षा चौकीमा आक्रमणपछि जवाफी कारबाहीमा ती लडाकु मारिएका हुन्। 

पहाडी प्रान्तलाई नियन्त्रणमा लिएर बसेको तालिवान लडाकु समूहले बारम्बार सुरक्षा बलमाथि आक्रमण गर्दै आएका छन् । यस सुरक्षा कारबाहीको विषयमा तालिवानी लडाकु समूहले हालसम्म कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित : भाद्र ११, २०७६ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?