कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'प्रतिबन्ध हटे अमेरिकासँग वार्ता’

एजेन्सी

तेहरान — इरानले अमेरिकासँग वार्ताका लागि आफ्नो देशविरुद्ध लगाइएका प्रतिबन्ध हटाउनुपर्ने पूर्वसर्त राखेको छ । ‘वार्ताका लागि पहिलो सर्त अमेरिकाले इरानविरुद्ध लगाएको निर्मम तथा गैरकानुनी प्रतिबन्ध हटाएर इरानीको अधिकारको सम्मान गर्नुपर्छ,’ इरानी राष्ट्रपति हसन रौहानीले मंगलबार गरेका टेलिभिजन सम्बोधनमा भनेका छन्, ‘हाम्रो व्यवहार परिवर्तन हुन अमेरिकाले विगतमा गरेका गलत निर्णयको पश्चातापबाट मात्र सम्भव छ ।’

'प्रतिबन्ध हटे अमेरिकासँग वार्ता’

इरानले अमेरिकासँग वार्ताका लागि आफ्नो देशविरुद्ध लगाइएका प्रतिबन्ध हटाउनुपर्ने पूर्वसर्त राखेको छ । ‘वार्ताका लागि पहिलो सर्त अमेरिकाले इरानविरुद्ध लगाएको निर्मम तथा गैरकानुनी प्रतिबन्ध हटाएर इरानीको अधिकारको सम्मान गर्नुपर्छ,’ इरानी राष्ट्रपति हसन रौहानीले मंगलबार गरेका टेलिभिजन सम्बोधनमा भनेका छन्, ‘हाम्रो व्यवहार परिवर्तन हुन अमेरिकाले विगतमा गरेका गलत निर्णयको पश्चातापबाट मात्र सम्भव छ ।’


रौहानीले अमेरिकाले सन् २०१५ को परमाणु सम्झौताबाट फिर्ता हुने गलत निर्णय सच्चाउन तयार भए मात्र दुई देशीय सम्बन्ध सुधारोन्मुख हुने बताए । उनले भने, ‘उनीहरूले विश्वको चाहना र सुरक्षालाई सम्मान गर्नुपर्छ र इरानको क्रान्ति र इरानीहरूको अधिकारलाई मान्यता दिनुपर्छ ।’


इरानी राष्ट्रपति रौहानीले राष्ट्रियताको पक्षमा गरिने कुनै पनि भेटवार्ताका लागि आफू तयार रहेको सोमबार बताएका थिए । यसैबीच, इरानी अधिकारीहरूले पनि अमेरिकासँगको वार्ताका लागि वासिङ्टन आणविक सम्झौताअनुरूप चल्नुपर्ने बताएका छन् ।


अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय परमाणु सम्झौताबाट अलग भएको घोषणा गर्दै ‘तेहरानमाथि कडा आर्थिक प्रतिबन्ध’ लगाएपछि दुई देशबीच जारी तनाव चर्केको हो ।

प्रकाशित : भाद्र ११, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?