बोर्नियो इन्डोनेसियाको राजधानी

एजेन्सी

जकार्ता — इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले देशको राजधानी जकार्ताबाट बोर्नियो द्वीपमा सारिने निर्णय भएको जनाएका छन् । 
विडोडोले अगस्ट १६ मा बोर्नियो द्वीपमा राजधानी सार्ने प्रस्ताव गरेका थिए ।

उनले इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राजधानी सार्ने प्रस्ताव गरेका थिए । सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै विडोडोले हालको राजधानी जकार्तामा जनघनत्वसको वृद्धिसँगै अव्यवस्था तथा फोहोर बढेकाले राजधानी सार्नुको विकल्प नभएको बताएका थिए ।


विडोडोका अनुसार मुलुकका लागि राजधानी सहर राष्ट्रिय पहिचानको प्रतीक मात्र नभई मुलुककै प्रगतिको सूचक हुने भएकाले जार्काताको विल्कप खाजेको बताउने गरेका छन् । यसअघि उनले ‘बोर्नियोमा राजधानी सार्ने निर्णयले समानता र आर्थिक न्याय प्रदर्शित हुने बताएका थिए । राष्ट्रपति विडोडोले गत अप्रिलमा जकार्ताबाट जाभा द्वीपमा स्थानान्तरण गर्ने गरी एक योजनालाई स्वीकृत गरेका थिए । उनले बोर्नियो द्वीपको कुन सहरमा राजधानी रहने भन्नेबारे निर्णय नभइसकेको बताए ।


विकास योजना मन्त्री बामबाङ ब्रोजोनेगोरोले नयाा राजधानीका लागि करिब ३० हजारदेखि ४० हजार हेक्टर जमिन आवश्यक पर्ने बताए । एसियाकै ठूलो सहर मानिने जाकार्ता पछिल्ला वर्षमा चौतर्फी अव्यवस्थाबाट गुज्रिरहेको छ ।


बाढीले हरेक वर्ष जलमग्न हुने जकार्ताको भूमिगत पानी अत्यन्त प्रदूषित छ भने नदी प्रणाली फोहोरको डंगुरमा परिणत भएको छ । जकार्ताको अव्यवस्थाका कारण उत्पन्न समस्याले अर्थतन्त्रमा करिब ६ अर्ब अमेरिकी डलर नोक्सान भइरहेको जनाइएको छ ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?