इराकको बबिल प्रान्तमा मोटरसाइकल बम विस्फोट : ४ को मृत्यु, ३० घाइते

रासस/सिन्ह्वा

बग्दाद — इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन् ।

इराकको गृह मन्त्रालयले सो घटनाको पुष्टि गरेको छ । इराकको राजधानी बग्दादबाट करिब ८० किलोमिटर टाढा रहेको अल मुसायब शहरको व्यस्त बजार इलाका मोटासाइकलमा जडान गरिएको बम विस्फोट गराइएको थियो ।

यस विस्फोटबाट कैयौ पसल, भवन र नजिकै रहेका सवारी साधनहरु ध्वस्त भएको पनि गृह मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर इराकमा बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट्स (आइएस) समूहको नै यस आक्रमणमा हात रहेको हुनु पर्ने प्रहरीको दाबी रहेको छ ।यद्यपि सन् २०१७ को अन्त्यबाट इराकमा नाटकीय रुपबाट सुरक्षा व्यवस्थामा सुधार भएको थियो ।

प्रकाशित : भाद्र ७, २०७६ १३:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वर्षा र बाढीबाट सुडानमा ५४ को मृत्यु, २ लाख प्रभावित

रासस/सिन्ह्वा

जेनेभा — अत्यधिक वर्षा र बाढीका कारण सुडानमा पछिल्लो समय ५४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । देशभरी गरेर एक लाख ९४ हजार जना प्रभावित भएको पनि मानवीय सहायतासम्वन्धी राष्ट्रसंघीय कार्यालयका अधिकारीहरूले जनाएका हुन् । 

राष्ट्रसंघका सुडानस्थित प्रतिनिधिलाई उद्धृत गर्दै शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार अधिकाँशको मृत्यु घरहरु भत्किएर तथा विद्युतीय कारणले भएको छ । जेनेभास्थित राष्ट्रसंघको मानवीय सहायता सम्वन्धी कार्यालयका प्रवक्ता जेन्स लैरकेले झण्डै ३७ हजार जना घरबार विहिन भएको जानकारी दिए । उनले भने, “अक्टोबर अन्त्यसम्म बर्षा भइरहने र बर्षाका कारण जुलाईदेखि अहिलेसम्म ३७ हजार भन्दा बढी घरहरू भत्किएका छन् ।”

सवैभन्दा धेरै देशको दक्षिणी क्षेत्रमा रहेको ह्वाईट नाईल राज्य प्रभावित भएको छ । त्यस क्षेत्रमा मात्रै ६६ हजार जना प्रभावित भएको र १३ हजार घरहरु क्षतिग्रस्त भएको विवरण छ । देशका कुल १८ राज्यमध्ये १५ राज्य बाढीले प्रभावित भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

प्रभावित क्षेत्रमा तत्कालका लागि खाद्य पदार्थ, बस्नका लागि शिविर, स्वास्थ्य सेवा, सफा खानेपानी, सफाईजन्य सामग्रीलगायतको आवश्यकता परेको छ । सरसफाई, बसाई र खानामा ध्यान दिएन भने रोगको प्रकोप पनि फैलिनसक्ने खतरा रहेको अधिकारीहरुको भनाइ छ ।

प्रकाशित : भाद्र ६, २०७६ २१:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×