काबुलमा विवहा समारोहमा बम बस्फोट, ६३ को मृत्यु, १८० भन्दा बढी घाइते
काबुल — अफगानिस्तानको राजधानी काबुलमा एउटा विवहा समारोहमा भएको आत्मघाती बम बिस्फोटमा परी हालसम्म ६३ जनाको मृत्यु भएको छ भने १८० भन्दा बढी घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार स्थानीय समय अनुसार गए राति १० बजेर ४० मिनेट जाँदा एक आत्मघाती हमलावरले विवहा समारोहमा प्रवेश गरेर बम बिस्फोट गराएका थिए । उक्त क्षेत्रमा सिया मुस्लमानहरुले बाहुल्यता रहेको छ । तालिबान लगायत अन्य कुनै पनि समूहले हालसम्म बिस्फोटको जिम्मा लिएका छैनन् ।
यद्यपी विगतका घटनाहरुमा सुन्नी मुस्लिम उग्रवादीहरु तथा तालिबान र इस्लामिक स्टेट जस्ता आतंकवादी संगठनहरुले अफगानिस्तान र पाकिस्तानमा अल्पसंख्यकका रुपमा रहेको सिया समुदाय माथि हमला गर्ने गरेका छन् ।
दश दिन अगाडि पनि काबुलकै एक प्रहरी कार्यालय बाहिर भएको बिस्फोटनमा परी १४ जनाको ज्यान जानुका साथै १५० जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी भने तालिबानले लिएको थियो ।
प्रकाशित : भाद्र १, २०७६ ०९:५६