१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

काबुलमा विवहा समारोहमा बम बस्फोट, ६३ को मृत्यु, १८० भन्दा बढी घाइते

(एजेन्सी)

काबुल — अफगानिस्तानको राजधानी काबुलमा एउटा विवहा समारोहमा भएको आत्मघाती बम बिस्फोटमा परी हालसम्म ६३ जनाको मृत्यु भएको छ भने १८० भन्दा बढी घाइते भएका छन् ।

काबुलमा विवहा समारोहमा बम बस्फोट, ६३ को मृत्यु, १८० भन्दा बढी घाइते

प्रत्यक्षदर्शीका अनुसार स्थानीय समय अनुसार गए राति १० बजेर ४० मिनेट जाँदा एक आत्मघाती हमलावरले विवहा समारोहमा प्रवेश गरेर बम बिस्फोट गराएका थिए । उक्त क्षेत्रमा सिया मुस्लमानहरुले बाहुल्यता रहेको छ । तालिबान लगायत अन्य कुनै पनि समूहले हालसम्म बिस्फोटको जिम्मा लिएका छैनन् ।


यद्यपी विगतका घटनाहरुमा सुन्नी मुस्लिम उग्रवादीहरु तथा तालिबान र इस्लामिक स्टेट जस्ता आतंकवादी संगठनहरुले अफगानिस्तान र पाकिस्तानमा अल्पसंख्यकका रुपमा रहेको सिया समुदाय माथि हमला गर्ने गरेका छन् ।


दश दिन अगाडि पनि काबुलकै एक प्रहरी कार्यालय बाहिर भएको बिस्फोटनमा परी १४ जनाको ज्यान जानुका साथै १५० जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी भने तालिबानले लिएको थियो ।

प्रकाशित : भाद्र १, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?