१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

एलओसीमा भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान, ८ को मृत्यु

अल जजिरा

काठमाडौँ — कश्मीरसँगको नियन्त्रण रेखामा भारतीय सेनासँग गोली हानाहान हुँदा ३ पाकिस्तानी र ५ भारतीय सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।

एलओसीमा भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान, ८ को मृत्यु

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले बिहीबार ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले लाइन अफ कन्ट्रोल (एलओसी) मा भारतीय सेनाले गोली हानेको बताएका छन् । प्रवक्ता गफुरले जम्मु कश्मीरबाट ध्यान अन्तै मोड्न भारतीय सेनाले गोलीबारी गरेको दाबी गरेका छन् ।

एलओसीमा दुवै मुलुकका सैनिकहरुले गोली हानाहान गरिरेहका छन् । पाकिस्तानीको यो दाबीलाई भारतीय समाचार संस्था (एएनआई)ले अस्वीकार गर्दै कुनै पनि भारतीय सेनाको मृत्यु नभएको बताएको छ ।


अलजजिराले भने पाकिस्तान नियन्त्रित कश्मीरमा बिहीबार दुई जना सर्वसाधारण मारिएको उल्लेख गरेको छ ।

प्रकाशित : श्रावण ३०, २०७६ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?