१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जापानमा गर्मीले २३ जनाको मृत्यु

(एएफपी)

टोकियो, जापान — जापानमा अत्यधिक गर्मीका २३ जनाको मृत्यु भएको छ । १३ हजार जति बिरामी भएको अग्नि तथा प्रकोप व्यवस्थापन कार्यालयले बुधबार जनाएको छ । यो संख्या ५ अगस्टयताको हो । प्रकोप व्यवस्थापन कार्यालयका अनुसार प्रचण्ड गर्मीका कारण १३ हजार जना बिरामी भएका छन् ।

अस्पतालमा गर्मीजन्य रोगको उपचार गराउन भीड लागेको छ । अपस्ताल पुगेकाहरुमध्ये चार सय जना भर्ना भएका छन् । गर्मीले सबैभन्दा बढी राजधानी टोकियोवासी रहेको अधिकारीहरुले जनाएका छन् ।


टोकियोमा मात्रै १४ सय ६५ जना अस्पताल पुगेका थिए भने सैतामाका ९ सय ७७ जना बिरामी थिए । अस्पतालमा उपचार गराउन पुगेका बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पतालले जनाएको छ । जापानी मौसम विज्ञान विभागका अनुसार यो वर्षकै सबैभन्दा धेरै गर्मी बुधबार महसुस गरिएको छ । यो वर्ष धेरै गर्मी भएको स्थानमा तापक्रम ४०.३ सेल्सिय पुगेको छ ।


प्रकाशित : श्रावण २९, २०७६ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?