१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

इमरान खान काश्मिर भ्रमणमा

एजेन्सीहरू

मुजफराबाद, पाकिस्तान — पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तान शासित कश्मीरको विधानसभाको विशेष सत्रलाई बुधबार सम्बोधन गर्दै गरेका छन् ।

इमरान खान काश्मिर भ्रमणमा

आफ्नो सम्बोधनका क्रममा जम्मु–कश्मीरमा ३७० समाप्त गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अन्तिम कार्ड खेलेको बताएका छन् । बीबीसीले उनलाई उद्धृत गर्दै भनेको छ, ‘भारतलाई पाठ सिकाउने समय आइसक्यो ।’ उनले मोदीको जम्मु–कश्मीरविरुद्ध चालिएको कदम हिटलरले नाजीहरूका लागि निर्धारण गरेको फाइनल सोल्युसनजस्तै भएको बताए ।


उनले भने, ‘भारत अब पाकिस्तान शासित कश्मीरमा केही गर्ने तयारीमा छ, यदि युद्ध भए त्यसका लागि पाकिस्तान पूर्ण रूपमा तयार छ ।’ उनले मोदीको नामै लिएर भने ‘तपार्इंले अन्तिम कार्ड खेल्नुभएको छ । अब कश्मीर स्वतन्त्रतातर्फ अघि बढ्छ ।’ बीबीसीका अनुसार प्रधानमन्त्री खानले आफ्नो सम्बोधनका क्रममा पटक–पटक राष्ट्रिय स्वयंसेवक संघको नाम लिँदै थपे, ‘भारतले गरिरहेको छ, त्यो आरएसएसको विचारधारकाकै कारणले भइरहेको हो । उक्त विचारधारा हिटलरको नाजी पार्टीको जस्तै हो ।’


मुज्जफराबादमा इमरान

पाकिस्तानले यो वर्षको आफ्नो स्वतन्त्रता दिवस ‘कश्मीर एकता दिवस’ को रूपमा मनाएको छ । उक्त दिवस मनाउने क्रममा प्रधानमन्त्री खान बुधबार पाकिस्तान शासित कश्मीरको राजधानी मुज्जफराबाद पुगेका छन् ।


भारतीय सरकारले भारत प्रशासित जम्मु–कश्मीरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुवै मुलुकबीच तनाव चुलिएको छ । पाकिस्तानले भारतको यो कदमविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब बढाउने निर्णय गरेको छ ।


पाकिस्तानले भारतीय निर्णयबारे आपत्कालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्समक्ष औपचारिक अनुरोध गरिसकेको

छ । पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई द्विदेशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ ।


विज्ञहरूका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुने छैन । यसै साताको सुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदमविरुद्ध अन्तर्राष्ट्रिय जगत्ले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका छन् ।


अगस्ट १९४७ मा बेलायतको शासनसत्ता ढलेसँगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई मुलुकको विभाजनका क्रममा

भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए ।

प्रकाशित : श्रावण २९, २०७६ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?