कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

केरलामा बाढीले ८८ जनाको मृत्यु, ४० बेपत्ता

रासस

केरला, भारत — भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीहरुले बाढीमा अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् । यो विवरण मङ्गलबार विहानसम्मको हो । 

यस प्राकृतिक प्रकोपमा परेर ३४ जना घाइते भएको प्रहरीले जनाएको छ । केरला राज्यका जिल्लाहरुमा गत केही दिन ठूलो बर्षा भएको थियो । बर्षासँगै आएको बाढीले ठूलो जनधनको क्षति भएको छ ।


राज्यका १४ जिल्लामध्ये सबैभन्दा धेरै मानवीय क्षति मालापुरम जिल्लामा भएको छ । पछिल्लो विवरण अनुसार मालापुरम जिल्लामा मात्रै मृत्यु हुनेको संख्या २९ पुगेको छ । बाढीका कारण विस्थापित भएकाहरुलाई केरला राज्यभरी रहेका १३ सय ३२ शिविरमा राखिएको छ ।

प्रकाशित : श्रावण २८, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?