कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रदर्शनकारीको भीडका कारण हङकङ विमानस्थलबाट हुने सबै उडान रद्द

कान्तिपुर संवाददाता

काठमाडौँ — सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा गरिएको प्रदर्शनका कारण हङकङ अस्तव्यस्त भएको छ । प्रदर्शनकारीहरुको उपस्थिती धेरै भएपछि सोमबार अपरान्हदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान रद्द गरिएको छ ।

प्रदर्शनकारीको भीडका कारण हङकङ विमानस्थलबाट हुने सबै उडान रद्द

प्रदर्शनकारीहरुको भीडले विमानस्थल नै भरिएपछि सबै उडान रद्द गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले आइतबार प्रदर्शनकारीहरुलाई अश्रु ग्यास प्रहार गरेपछि आक्रोशित भीड सोमबार बिहानैदेखि विमानस्थलमा प्रवेश गरेको थियो ।प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गर्न अश्रुग्यास तथा रबरका गोली प्रहार गरेपछि उनीहरुले प्रहरी विरुद्ध नाराबाजी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानस्थलको टर्मिनल पनि प्रदर्शनकारीहरुका कारण भरिएको छ ।

सयभन्दा बढी उडान रद्द गरिएको छ । विमानस्थलमा ट्राफिक धेरै भएको र पार्किङ पुरै भरिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रहरीका अनुसार सोमबार मात्रै ५ हजार प्रदर्शनकारीहरु विमानस्थलमा प्रवेश गरेका छन् ।

आफ्ना मागप्रति अन्तर्राष्ट्रिय समर्थन जुटाउन भन्दै प्रदर्शनकारीले शुक्रबारदेखि विमानस्थलमा विरोध सुरु गरेका थिए । एएफपीका अनुसार प्रदर्शनकारीले ‘तानाशाही शासन र प्रहरी दमनबाट हङकङलाई बचाऊ’ भन्दै नारा लगाइरहेका छन् । गतसाताको आमहडतालका कारण पनि २ सयभन्दा बढी हवाई उडान रद्द भएका थिए।

संसारकै व्यस्त विमानस्थलमध्ये एक पर्ने हङकङ विमानस्थलमा सन २०१८ ७ करोड ५० लाख यात्रुहरु आएका थिए । विरोध प्रदर्शन चर्कंदै गएपछि अधिकारीहरूले हङकङको वित्तीय जिल्लाका सरकारी कार्यालयहरू बन्द गरिएको जनाएका छन् ।

प्रकाशित : श्रावण २७, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?