भारतीय उच्च अधिकारी फिर्ता पठाउने र व्यापार स्थगन गर्ने पाकिस्तानको घोषणा

एएफपी

काठमाडौँ — पाकिस्तानले आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुई देशीय व्यापार स्थगन गर्ने घोषणा गरेको छ । जम्मू कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले सोमबार खारेज गरेपछि पाकिस्तानले बुधबार यो घोषणा गरेको हो । 

“हामीले हाम्रा राजदूतलाई दिल्लीबाट स्वदेश फिर्ता गर्ने छौँ भने उनीहरूका प्रतिनिधि पनि फिर्ता पठाउने छौँ,” पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद क्वुरेशीले भने ।

उनले भारतसँगको पाकिस्तानको कूटनीतिक सम्बन्धको स्तरलाई न्यूनीकरण गरिएको पनि बताए । भारतको पछिल्लो निर्णयका विरुद्धमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पनि पाकिस्तानले आवाज उठाउने उनको भनाइ छ ।

जम्मू कश्मीरलाई दिइएको विषेश अधिकारलाई केन्द्र सरकारले फिर्ता लिएको विषयलाई लिएर भारत र पाकिस्तानबीचको तनाव झन् बढ्दै गएको छ । भारतको निर्णयले अन्तर्राष्ट्रिय कानून तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको पाकिस्तान पक्षको तर्क छ ।

हिमाली क्षेत्र कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूमि भएको दाबी गर्दै केही भागमा दुई देशले शासन गर्दै आएका छन् । भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेकाले तीन दशकमा हजारौँको मृत्यु भएको र गरिबी झनै बढ्दै गएको भारतको दाबी छ । गरिबी बढेको, विकास रोकिएको र द्वन्द्व अन्त्य हुन नसकेकाले केन्द्र सरकारले जिम्मेबारी लिनु परेको केन्द्रीय मन्त्रीहरूको भनाइ छ ।

प्रकाशित : श्रावण २२, २०७६ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्

तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो चितवनमा हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताको छनोटस्वरुप तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो चितवनमा हुने भएको छ । चितवनको रत्ननगर नगरपालिकामा रहेका चार डोजाङको संयुक्त आयोजनामा कात्तिक १ र २ मा प्रतियोगिता हुनेछ । 

राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा चितवन जिल्ला तेक्वान्दोका अध्यक्ष पुष्प जोशीले अमेरिकाको पोर्टल्यान्डमा रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) र ललितपुरको मैत्री तेक्वान्दो डोजाङसँगको सहयोग र सहकार्यमा प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिए ।

प्रतियोगितामा महिलाको २२ र पुरुषको २४ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । पुम्सेतर्फ पनि ९ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ६५ स्वर्ण पदकलाई प्रतिस्पर्धा हुनेछ । नेपाल तेक्वान्दो संघअन्तर्गतका सबै खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । १३ औं दक्षिण एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय खेलाडीको पनि सहभागिताको अपेक्षा गरिएको आयोजकले जनाएको छ । तर खेलाडीलाई प्रतियोगिताका लागि पठाउने नपठाउने निर्णय अधिकार भने तेक्वान्दो संघको हुनेछ ।

यस प्रतियोगिताबाट उत्कृष्ट छानिएका ३ पुरुष र २ महिला खेलाडीले सन् २०२० को मे १–२ मा अमेरिकाको इस्टर्न मिचिगन युनिभर्सिटीमा हुने १३ औं अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छन् ।

पुरुषतर्फ ६ तौल समूहमा स्वर्ण जित्ने खेलाडीबीच प्रतिस्पर्धा गराएर ३ विजेता छनोट गरिनेछ । उनीहरूले जनही १ लाख रुपैयाँ पुरस्कार पनि पाउनेछन् । महिलातर्फ ४ तौलसमूहका स्वर्ण विजेताबीच छनोट प्रतिस्पर्धा हुनेछ । विजेता २ खेलाडीले पनि जनही १ लाख पुरस्कार पाउनेछन् । पुरुषको ५४, ५८, ६३, ६८, ७३ र ८० केजी तौलका विजेताबीच ओलम्पिक नियमअनुसार सर्वोत्कृष्ट छनोट गरिनेछ । महिलाको ४६, ४९, ५३ र ५७ केजीमुनि तौलका स्वर्ण विजेताबीच प्रतिस्पर्धा गराइने छ ।

आईओएफसीका निर्देशक दिवाकर महर्जनले विभिन्न संघसंस्थालाई ३ लाख ७५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

प्रकाशित : श्रावण २२, २०७६ २१:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्