कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जम्मुकश्मिरमा उच्च सुरक्षा सतर्कता, पूर्वमुख्यमन्त्रीहरु नजरबन्दमा, सर्वसाधारणमा अन्यौल

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको जम्मुकश्मिरमा राजनीतिक संकट गहिरिँदै गएका बेला नयाँदिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री नरेन्द्र मोदी निवासमा सोमबार बिहान मन्त्रिपरिषद बैठक बसेको छ । बैठकले जम्मुकश्मिरका सम्बन्धमा केही महत्वपूर्ण निर्णय लिने अनुमान गरिएको छ । 

जम्मुकश्मिरमा उच्च सुरक्षा सतर्कता, पूर्वमुख्यमन्त्रीहरु नजरबन्दमा, सर्वसाधारणमा अन्यौल

बैठकको निर्णय गृहमन्त्री अमित साहले संसदमा सुनाउने अनुमान छ ।

भारतीय सञ्चारमाध्यमहरुले बैठकले उत्तरी राज्य जम्मुकश्मिरलाई विशेष सुविधा दिने सम्बन्धी संविधानको धारा ३५ (क) लाई संशोधन गर्ने सम्भावना रहेको बताएका छन् । उक्त धाराले जम्मुकश्मिरमा घरजग्गा खरीद गर्न र स्थायी बसोबास गर्न त्यहाँका नागरिकलाई विशेष सुविधा दिएको छ । भारतीय जनता पार्टीले आफ्नो चुनावी घोषणा पत्रमै त्यसलाई संशोधन गर्ने उल्लेख गरेको थियो ।

मोदी सरकारले दोस्रो पटक निर्वाचित भएसँगै उक्त धारा संशोधन गर्ने अनुमान गरिँदै आएको थियो । तर, राज्यका राजनीतिक दलहरुले भने उक्त धारा संशोधन गरिए आफूहरुलाई मान्य नहुने बताउँदै आएका छन् ।

यसैबीच आइतबार मध्यरातमा जम्मुकश्मिरका पूर्व मुख्यमन्त्रीहरु उमर अब्दुल्लाह र महबुबा मुफतीलाई नजरबन्द गरिएसँगै त्यहाँ राजनीतिक अस्थिरता थप बढ्नसक्ने देखिएको छ । यसका साथैे इन्टरनेट, फोन सेवा पनि बन्द गरिएका छन् । सरकारले शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गर्ने आदेश दिइसकेको छ । साथै पर्यटकहरुलाई चाँडोभन्दा चाँडो उपत्यका छाड्न भनिएको छ । भारतीय सञ्चारमाध्यमहरुका श्रीनगर र आसपासका क्षेत्रमा दंगा प्रहरीलाई तैनाथ गरिएको छ ।

आइतबार मध्यरातदेखि लागू हुने गरी श्रीनगरमा निषेधाज्ञा लागू गरिएको छ । धारा १४४ अनुसार उक्त निषेधाज्ञा जारी भएसँगै मानिसहरुलाई भेला हुन, जुलुस तथा बैठक गर्न रोक लागेको छ ।

आतकंवादी हमला हुने आंशका गर्दै सरकारले विगत दुईसाता देखि सुरक्षाव्यवस्था एकाएक तिब्र बनाउँदै लगेपछि जम्मुकश्मिर क्षेत्रको अवस्था अन्यौलग्रस्त बन्न पुगेको हो । दुईसाता यता मात्र जम्मुकश्मिरमा थप ३० हजार सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।

यसअघि सुरक्षाकारण देखाएर अमरनाथ यात्रालाई एकाएक स्थगन गरिएको थियो । जसले गर्दा गर्ने केन्द्र सरकारको निर्णयले त्रासपूर्ण बनेको जम्मुकश्मिर पछिल्ला केही घटनालले थप अन्यौलतर्फ उन्मुख देखिएको थियो ।


प्रकाशित : श्रावण २०, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?