२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अमेरिकाको टेक्सासमा गोली चल्यो, कम्तीमा २० को मृत्यु, २६ घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाको टेक्सास सहरमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एल पासो सहरको सिएलो भिस्टा मल नजिकको वालमार्ट स्टोरमा बन्दुकधारीले आक्रमण गरेको हो । 

अमेरिकाको टेक्सासमा गोली चल्यो, कम्तीमा २० को मृत्यु, २६ घाइते

घटनामा संलग्न भएको आशंकामा एक २१ वर्षीय व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले लेखेको छ । प्रहरीका अनुसार पक्राउ परेका पैट्रिक क्रुसिएस नामका ती व्यक्ति डालास क्षेत्रका बासिन्दा भएको बताइएको छ ।

टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको इतिहासमै खतरनाक घटना भएको बताएका छन् ।


घटनास्थल अमेरिका र मेक्सिको क्षेत्र सीमा नजिक पर्छ ।

प्रकाशित : श्रावण १९, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?