मेक्सिकोमा पत्रकारको हत्या 

एएफपी

मेक्सिको सिटी — मेक्सिकोमा एक जना पत्रकारको हत्या भएको छ । मोरालेस राज्यमा हत्या गरिएका ती पत्रकारको शब एउटा बेवारिसे कारमा फेला छ । सञ्चार सम्बद्ध संघसंस्थाले यो घटनाको तत्कालै अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।

मेक्सिकोमा पत्रकारको हत्या 

प्रहरीका अनुसार गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक रोजेलियो बारागानको शव कारभित्र फेला परेको हो । प्रहरीले भन्यो, ‘उनको अनुहारसहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक छ ।’


रिपोर्टस् विदाउट बोर्डर्सले सञ्चारमाध्यमका लागि मेक्सिको, सिरिया र अफगानिस्तानलाई विश्वमै सबैभन्दा खतरनाक मानेको छ । हत्या गरिएका पत्रकार रोजेलियो उक्त पोर्टलमा दस वर्षदेखि कार्यरत थिए । मेक्सिकोमा यसै वर्ष रोजेलियो समेत सात जना पत्रकारको हत्या भइसकेको छ ।


१९ वर्षयता मेक्सिकोमा सय भन्दाबढी पत्रकारको हत्या भइसकेको आरएसएफले जनाएको छ । धेरै हत्या लागूऔषध तस्करी र राजनीतिक भ्रष्टाचारसँग जोडिएका छन् । मेक्सिकोमा हत्याको स्वतन्त्र र बलियो अनुसन्धान तथा दोषीमाथि कुनै कारबाही हुने गरेको छैन ।


अघिल्लो महिना मात्र पत्रकार नोर्मा साराबियाको टाबास्कोमा गोली हानी हत्या गरिएको थियो । मे महिनामै मेक्सिकोको क्यारेबियन तटीय सहरमा संवाददाता फ्रान्सिस्को रोमेरोको हत्या भएको थियो ।

प्रकाशित : श्रावण १५, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?