कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाकिस्तानमा सैन्य विमान बस्तीमा दुर्घटना, चालकदलका सदस्यसहित १७ जनाको मृत्यु

रोयटर्स

इस्लामावाद — पाकिस्तानको रावलपिण्डी सहरको एक बस्ती मंगलबार बिहानै सैनिक विमान दुर्घटना हुँदा विमानमा सवार रहेका ५ चालकदलका सदस्य र १२ जना सर्वसाधारणको ज्यान गएको छ । नियमित सैन्य तालिमका लागि उडान भरिरहेको विमान एक्कासी बस्तीमा झरेको थियो ।

पाकिस्तानमा सैन्य विमान बस्तीमा दुर्घटना, चालकदलका सदस्यसहित १७ जनाको मृत्यु

उक्त दुर्घटनामा परी १२ जना सर्वसाधारण घाइते भएका छन् । कुन विमान दुर्घटनामा परेको हो भन्ने बारे सेनाले केही पनि उल्लेख गरेको छैन । दुर्घटना भएको क्षेत्रका दर्जनौं घरमा नोक्सानी पुगेको छ ।


रावलपिण्डी पाकिस्तानको राजधानी नजिकैको सहर हो र यहाँ नै सेनाको मुख्यालय पनि रहेको छ ।

प्रकाशित : श्रावण १४, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?