३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नागरिक फिर्ता नगर्न न्युजिल्याडको आग्रह

नारायण खड्का

अस्ट्रेलिया — न्युजिल्यान्डले आपराधिक गतिविधिमा संलग्न आफ्नो देशका नागरिकलाई फिर्ता नगर्न अस्ट्रेलियासँग आग्रह गरेको छ । अस्ट्रेलियाले अपराधमा संलग्न विदेशी नागरिकलाई उनीहरूकै देशमा फिर्ता पठाउन थालेपछि न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले उक्त आग्रह गरेकी हुन् । 

नागरिक फिर्ता नगर्न न्युजिल्याडको आग्रह

आर्डर्न हाल दुईदिने भ्रमण क्रममा अस्ट्रेलियामा छिन् । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनसँगको औपचारिक भेटमा आर्डर्नले उक्त समस्यासँगै आतंकवाद, व्यापारलगायतबारे छलफल गरिन् । यद्यपि आर्डर्नको आग्रह अस्ट्रेलियाली गृहमन्त्री पिटर डट्टनले ठाडै अस्वीकार गरिदिएका छन् ।


अस्ट्रेलियाले सन् २०१४ मा परिवर्तन गरेको कानुनमा १२ महिनाभन्दा बढी समय अस्ट्रेलियाली जेलमा बिताउने अपराधीलाई उनीहरूको सम्बन्धित देश फिर्ता पठाउने व्यवस्था छ । आर्डर्नले उक्त कानुनका कारण दुई देशबीचको सम्बन्धमा असर पुगेको बताउने गरेकी छन् । डट्टनले उक्त कानुन सम्पूर्ण अस्ट्रेलियाली नागरिकको सुरक्षाका लागि अत्यावश्यक भएको बताए । ‘अस्ट्रेलियामा आपराधिक क्रियाकलाप गरेको ठहर गर्छ भने त्यो व्यक्ति उसकै देशमा फिर्ता हुनुपर्छ,’ डट्टनको भनाइ छ ।


न्युजिल्यान्डमा जन्मिएका तर अस्ट्रेलिया पुगेर गम्भीर प्रकृतिका अपराध गरेको ठहरिएका व्यक्तिलाई अस्ट्रेलिया सरकारले उनीहरूकै देश फिर्ता पठाउने गरेको छ । प्रधानमन्त्री आर्डर्नले न्युजिल्यान्डमा जन्मिए पनि आफ्नो अधिकांश समय अस्ट्रेलियामा बिताएका कारण उनीहरूलाई आफ्नै देश फिर्ता पठाउन जायज नहुने दाबी गरेकी हुन् साथै उनले उक्त निर्णय पुनर्विचार गर्न अस्ट्रेलिया सरकारसँग आग्रहसमेत गरिन् ।


सञ्चार माध्यमहरूका अनुसार हालसम्म अस्ट्रेलियामा आपराधिक गतिविधिमा संलग्न करिब ४ हजारलाई आफ्नो देश फर्काइसकेको छ । तीमध्ये १ हजार ५ सय न्युजिल्यान्डका छन् ।


अस्ट्रेलिया र न्युजिल्यान्ड प्यासिफिक क्षेत्रका दुई घनिष्ठ र शक्तिशाली देश हुन् । व्यापारलगायत विषयमा गहिरो सम्बन्ध रहेका यी मुलुकका नागरिकलाई एकअर्काको देशमा गएर बसोबास गर्न वा काम गर्न प्रवेशाज्ञा आवश्कय पर्दैन ।

प्रकाशित : श्रावण ६, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?