१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाकिस्तानमा आत्मघाती आक्रमण, ८ को मृत्यु, ३० घाइते 

छम गुरुङ

इस्लामाबाद — पाकिस्तानको उत्तरपश्चिमी सहर देरा इस्माइल खानमा आइतबार बिहान भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ३० जना घाइते भएको प्रहरीले जनाएको छ । 

पाकिस्तानमा आत्मघाती आक्रमण, ८ को मृत्यु, ३० घाइते 

मोटरसाइकलमा आएका हतियारधारी समूहले पश्चिम क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरेको अलजजिराले जनाएको छ । आइतबार बिहान भएको उक्त आक्रमणमा परी दुई जना प्रहरीको मृत्यु भएको थियो ।


घटना लगत्तै प्रहरीको शव नजिकैको एक सरकारी अस्पताल पुर्याइएको थियो । जिल्ला प्रहरीका प्रमुख सलिम राइजका अनुसार प्रहरीको शव अस्पताल पुर्याउने बित्तिकै आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा परी अन्य दुई प्रहरी र ४ जना सर्वसाधरणको मृत्यु भएको प्रहरीले जनाएको छ ।


अस्पतलामा भएको आत्मघाती आक्रमणमा करिब ७ किलो बराबरको विस्फोटक पदार्थ प्रयोग भएको प्रहरीले जनाएको छ ।


आक्रमणको जिम्मा तहरेक-ई-तालिबानले लिएको छ । उसले आफ्नो एक कमान्डरलाई प्रहरीले देरा इस्माइल खानमा मारेको 'बद्ला' मा उक्त आक्रमण गरिएको जनाएको छ ।

प्रकाशित : श्रावण ५, २०७६ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?