जेल जान तयार छु : प्रियंका गान्धी

मिर्जापुर — भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छन् । गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन् ।


'पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,' उनले ट्विटरमा लेखेकी छन् । उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छन् ।
आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियंकाको भनाई छ । प्रकाशित : श्रावण ४, २०७६ १५:५९
प्रतिक्रिया

भोजपुर — पहिरोबाट भोजपुरमा १ सय घरपरिवार विस्थापित भएका छन् । केही दिनअघिको वर्षापछिको पहिरोले भोजपुर नगरपालिकामा १४, टेम्केमैयुङ्ग २६, पौवादुङ्मा २, आम्चोक ४४, रामप्रसादराई ९, अरुण १, हतुवागढी ३ र साल्पासिलिछो गाउँपालिकामा १ गरी सय परिवार विस्थापित भएका प्रहरीले जनाएको छ ।

उनीहरु पाल तथा छिमेकीको शरणमा दुःखले रात काट्न बाध्य छन् । त्यस्तै जिल्लाका नौवटै स्थानीय तहका १६ घरमा पूर्णरुपमा र ५८ घरमा आंशिक क्षति पुगेको छ ।
पहिरोले घरमा क्षति पुगेपछि ती परिवार विस्थापित भएको विपद व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । पहिरोले घर पुरिँदा रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ्ग गाउँपालिकामा १ को ज्यान गएको थियो । अन्य ३ जना घाइते भएका थिए । प्रजिअ खतिवडाले स्थानीय तहहरुलाई आ–आफनो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरि पठाउन पत्राचार गरिएको बताए ।
भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले बाढी तथा पहिरोपीडितलाई राहत सामग्री वितरण भइरहेको बताए । उनले भने, ‘हामीले पीडितको अवस्था हेरेर आवश्यक राहत सामग्री वितरण गरिरहेका छौं ।' पीडितहरुलाई सुरक्षित स्थानमा सार्न आवश्यक उपकरण र सामग्री पनि पठाउने तयारी रहेको उनले बताए ।
प्रकाशित : श्रावण ४, २०७६ १५:५७प्रतिक्रिया
थप केही विश्वबाट