२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मुम्बाईमा भवन भत्किंदा कम्तीमा १० को मृत्यु

मुम्बई — भारतको मुम्बाईमा मंगलबार एक भवन भत्किंदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मुम्बई प्रहरीका अनुसार एक ३ वर्षीय बालकसहित ८ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरुको जेजे अस्पतालमा उपचार भइरहेको छ । 

अधिकारीका अनुसार भवनको भग्नावशेषमा ४० देखि ५० व्यक्ति फसेको अनुमान गरेका छन् । मुम्बईको डोंग्री क्षेत्रको मोहम्मद अली रोडमा रहेको ४ तले भवन मंगलबार विहान ११.४० मा भत्किएको हो ।


अधिकारीका अनुसार केशर भाई भवन पूर्णरुपमा भत्केका कारण उद्धारमा कठिनाई भएको छ । सुरक्षाकर्मीले स्थानीयको सहयोगमा उद्धारको काम गरिरहेका जनाइएको छ । महाराष्ट्रका मुख्यमन्त्री देभेन्द्र फद्नाभिसले भवन सय वर्ष पुरानो भएपनि असुरक्षित नरहेको बताए ।


प्रकाशित : असार ३१, २०७६ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?