१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चन्द्रयान–२ मा प्राविधिक समस्या

प्रक्षेपण रोकियो
एजेन्सी

नयाँदिल्ली — भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) ले एक महत्त्वाकांक्षी अन्तरिक्ष परियोजना सुरु हुनुभन्दा केही समयअघि प्राविधिक समस्याका कारण स्थगित गरेको छ । 

चन्द्रयान–२ मा प्राविधिक समस्या

इस्रोका अनुसार ‘चन्द्रयान–२’ प्रक्षेपण गर्नुभन्दा ५६ मिनेटअघि रोकिएको हो । भारतीय अधिकारीले अन्तिम समयमा प्राविधिक समस्या देखिएपछि सावधानी अपनाउँदै प्रक्षेपण रोकिएको हो । चन्द्रयान–२ लाई पहिलो पटक अन्तरिक्षको दक्षिणी ध्रुवमा अवतरण गर्ने भारतको तयारी थियो ।


उक्त यान भारतको आन्ध्र प्रदेशस्थित श्रीहरिकोटास्थित सतिस धवन अन्तरिक्ष केन्द्रबाट सोमबार स्थानीय समयअनुसार बिहान २ बजेर ५१ मिनेटमा प्रक्षेपण गर्न लागिएको थियो । इस्रो अधिकारीले उक्त यान प्रक्षेपणको नयाँ मिति चाँडै घोषणा गर्ने बताएका छन् ।


करिब १५ करोड डलर लागतको परियोजनाअन्तर्गत चन्द्रयान–२ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने जनाइएको थियो । भारतीय योजनाअनुसार उक्त यानले चन्द्रमाको कम्पन मापन, सतहमा रहेको पानी र खनिज पदार्थलगायतको खोजीमा सहयोग पुर्‍याउने छ ।

हालसम्म अमेरिका, चीन र सोभियत संघले चन्द्रमामा अन्तरिक्ष यानको सफल प्रक्षेपण गरिसकेका छन् । तर दक्षिणी धुव्रमा भने कुनै पनि देशले यान उतार्न सकेका छैनन् ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष कार्यक्रमलाई निकै महत्त्व दिँदै आएका छन् । तर उनका आलोचकहरूले अन्तरिक्षको महत्त्वाकांक्षी योजनाभन्दा पहिले देशमा रहेको भोकमरी समस्या सम्बोधन गरिनुपर्ने बताउने गरेका छन् ।


भारतीय अन्तरिक्ष अनुसन्धान संगठन प्रमुख के सिभानले ‘चन्द्रयान–२’ परियोजना हालसम्मकै सबैभन्दा कठिन रहेको बताएका छन् । भारतीय अन्तरिक्ष कार्यक्रमका लागि एकदमै महत्त्वपूर्ण ठानिएको चन्द्रयान–२ को प्रक्षेपणका लागि भारतीय राष्ट्रपति रामनाथ कोविन्द श्रीहरिकोटास्थित अन्तरिक्ष केन्द्र पुगेका थिए ।


इस्रो अधिकारीका अनुसार ‘चन्द्रयान–२’ प्रक्षेपण गरेको करिब दुई महिनामा चन्द्रमामा पुग्ने छ । चन्द्रमामा पुग्नका लागि यसले ३ लाख ८४ हजार किलोमिटरको यात्रा तय गर्नुपर्ने छ ।


‘चन्द्रयान–२’ परियोजनाका लागि भारतले आफ्नो सबैभन्दा शक्तिशाली रकेट ‘जियोसिन्क्रोनस स्याटेलाइट लन्च भेकल मार्क–३’ प्रयोग गर्ने जनाएको छ । यसको तौल ७४७ जेटको करिब डेढ गुण अर्थात् ६४० टन तथा उचाइ ४४ मिटर छ ।


२ हजार ३ सय ७९ किलोको अन्तरिक्षयानमा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन भाग छन् । करिब एक वर्षको आयु रहेको अर्बिटरले चन्द्रमाको सतहको तस्बिर लिन्छ । ल्यान्डरले चन्द्रमामा माटोको विश्लेषण गर्ने उपकरण बोकेको छ भने ल्यान्डरबाट झन्डै आधा किलोमिटर यात्रा गर्न सक्ने रोभरले संकलित तस्बिर तथा सूचना पृथ्वीमा पठाउँछ ।

प्रकाशित : असार ३१, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?