२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बेलायती युवराजद्वारा गोर्खालाई तक्मा 

लन्डन — बेलायती युवराज चार्लसले बेलायती सेनाको ‘ब्रिगेड अफ गोर्खाज’ का ४० सैनिकलाई तक्मा प्रदान गरेका छन् ।

बेलायती युवराजद्वारा गोर्खालाई तक्मा 

७० वर्षीय युवराजले लन्डननजिकै केन्टमा रोयल गोर्खा राइफल्सको २५ औं वार्षिकोत्सवका अवसरमा रोयल गोर्खा राइफल्सको पहिलो बटालियनका सैनिकलाई तक्मा प्रदान गरेका हुन् ।


वान आरजीआरका दुई कम्पनी, थर्ड बटालियनको एक कम्पनी, प्यारासुट रेजिमेन्टसहित सयौं सैनिकमाझ युवराजले गोर्खालाई तक्मा प्रदान गरेका हुन् ।

तक्मा पाउने सैनिकहरू अफगानिस्तानबाट फर्केपछि फोक्सटनस्थित सर जोन मुर ब्यारेकमा ड्युटीमा छन् ।


बेलायतको राजगद्दीका उत्तराधिकारी युवराज चार्लसलाई गोर्खा सैनिकले माला लगाइदिएर स्वागत गरेका थिए । दुइटा विश्वयुद्धमा ४० हजारभन्दा बढी गोर्खाहरू बेलायतका लागि लड्ने क्रममा दिवंगत भएका थिए ।


तर बेलायत सरकारले आफूहरूको योगदानको कदर नगरेको तथा पेन्सनमा भेदभाव गरेको भन्दै भूपू गोर्खाहरू असन्तुष्ट छन् ।


प्रकाशित : असार २७, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?