कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जासुसीको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला

सिन्ह्वा

साना — विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ ।

मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु, प्राध्यापकहरु र विद्यार्थी रहेका छन् । यमनमा यो समूहलाई मुस्लिम ब्रदरहुडको नामले चिनिन्छ ।


यी व्यक्तिलाई सन् २०१६ मा हुथी विद्रोहीको सुरक्षा अभियानका क्रममा पक्राउ गरिएको थियो । नाम नबताउने शर्तमा एक अधिकारीले अदालतको आदेशका विरुद्ध अपिल गरिने जानकारी दिए । एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेश “कानुनको उपहास” भएको जनाउँदै गिरफ्तारीमा परेका सबैलाई तत्काल रिहा गर्न हुथी विद्रोहीसँग आग्रह गरेको छ ।


यमनमा विगत चार वर्षदेखि इरान समर्थित हुथी विद्रोही र साउदी अरेबिया समर्थित तथा अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारी फौजबीच भिषण युद्ध जारी छ । यमन युद्धमा हजारौंको ज्यान गइसकेको छ भने लाखौं मानिस घरबार छाडेर अन्यत्र पलायन भएका छन् ।

प्रकाशित : असार २५, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?