दुर्घटनामा २७ को मृत्यु

एजेन्सी

लखनउ — उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा २७ जनाको ज्यान गएको छ । दुर्घटनामा १५ यात्रु घाइते भएका भारती सञ्चारमाध्यमले जनाएका छन् । 

भारतीय राजधानी नयाँदिल्लीबाट उत्तर प्रदेशको राजधानी लखनउतर्फ जाँदै गरेको बस आग्रा नजिकै दुर्घटनामा परेको हो । आग्रा लखनउबाट ३ सय ३६ किलोमिटरको दूरीमा छन् । प्रहरीले बस खोचमा खसेका कारण उद्धारमा ढिलाइ भएको जनाएको छ ।

आग्रा जिल्ला म्याजिस्ट्रेट एन जी रवि कुमारले २७ यात्रुको घटनास्थलमै निधन भएको जनाए । बसमा ५० यात्रु थिए । उनले घाइते १५ को अस्पतालमा उपचार भइरहेको बताए । उनका अनुसार गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खोचमा खसेको हो ।

प्रकाशित : असार २४, २०७६ १०:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ब्रिटिस एअरवेजलाई २२ करोड जरिवाना

एएफपी

लन्डन — बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौं यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै करोडौं डलर जरिवाना गरिएको छ । 

‘इन्टरनेसनल एअरलाइन्स ग्रुप’ (आईएजी) द्वारा सञ्चालित एअरवेजलाई २२ करोड ९० लाख ७० हजार अमेरिकी डलर जरिवाना गरिएको हो ।

आईएजीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेलायतको तथ्यांक संरक्षण ऐनअनुसार बेलायती सूचना आयोगको कार्यालयले ब्रिटिस एअरवेजलाई कुल १८ करोड ३० लाख ३९ हजार पाउन्ड स्टर्लिङको जरिवाना गरेको छ ।’

प्रकाशित : असार २४, २०७६ १०:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्